ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

टेनिस खेलाडी शिभालीले युरोपमा चार प्रतियोगिता खेल्ने

काठमाडौँ । नेपाली टेनिस खेलाडी शिभाली गुरुङले युरोपका विभिन्न स्थानमा ग्रान्ड स्लाम प्लेयर डेभलोप्मेन्ट प्रोग्राम/आइटिएफ/एटिएफ यु–१४ टिम टु युरोपअन्तर्गत चार प्रतियोगिता खेल्दै हुनुहुन्छ ।

शिभालीले फ्रान्समा दुई तथा जर्मनी र बेल्जियममा समान एक एक प्रतियोगिता खेल्न लाग्नुभएको हो । प्रतियोगिता खेल्नुअघि शिभाली जुलाइ ११ देखि १३ तारिखसम्म फ्रान्सको पेरिसमा ट्रेनिङ क्याम्पमा सहभागी हुनुहुने छ ।

त्यसपछि उहाँले जुलाइ १४ देखि २० तारिखसम्म पेरिसमा हुने ओपन स्टेड फ्रेङक्यासमा र जुलाइ २१ देखि २७ तारिखसम्म फ्रान्सकै एन्सीमा हुने टेनिस युरोपमा प्रतिस्पर्धा गर्नुहुने छ ।

उहाँले जुलाइ २८ देखि अगष्ट ३ तारिखसम्म जर्मनीको डुरेनमा हुने इन्टरनेसनल डुउत्से टेनिस मिस्टरचाफ्टेनमा नेपालको प्रतिनिधित्व गर्नुहुनेछ । यस्तै उहाँले अगष्ट ४ देखि १० तारिखसम्म बेल्जियममा हुने यङ च्याम्पियनसिप कप खेल्नुहुने छ ।

प्रतियोगिताका लागि नेपालबाट छनोट हुने शिभाली एक्लो खेलाडी हुनुहुन्छ । एसियामा चौथो वरियता प्राप्त गरेपछि शिभाली छनोट भएको नेपाल टेनिस सङ्घले जनाएको छ ।

एसियाबाट ६ पुरुष र ६ महिला गरी १२ खेलाडी मात्र प्रतियोगिताका छनोट भएका थिए । शिभाली बुधबार फ्रान्स प्रस्थान गर्नुहुनेछ ।

 

  himalayanvoice.com | २४ असार २०८२, मंगलवार १३:३९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online