ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

फिफा क्लब विश्वकप : उपाधिका लागि पिएसजी र चेल्सी भिड्ने

काठमाडौँ । फ्रेन्च महारथि पेरिस सेन्ट जर्मेन (पिएसजी) र इङ्लिस जाइन्ट किलर चेल्सीबिच फिफा क्लब विश्वकपको फाइनल भिडन्त हुने भएको छ ।

अमेरिकामा जारी प्रतियोगितामा बुधबार राति पिएसजीले स्पेनिस च्याम्पियन रियल म्याड्रिडलाई ४–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

न्युजर्सीस्थित मेटलाइफ रङ्गशालामा पिएसजीले पहिलो हाफमा तीन र दोस्रो हाफमा एक गोल गरेको थियो । पिएसजीलाई जिताउन फाबियन रुइजले दुई तथा ओसामान डेम्बेले र गोन्सालो रामोसले एक एक गोल गर्नुभयो ।

पिएसजीविरुद्ध गोल फर्काउने रियलको योजना सफल भएन । फाइनल खेल आइतबार हुनेछ । चेल्सीले यसअघिनै ब्राजिलियन क्लब फ्लुमिनेन्स एफसीलाई २–० गोलले हराउँदै फाइनलमा स्थान बनाईसकेको छ ।

न्युजर्सीमै हुने फाइनल खेल हेर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि रङ्गशाला जानुहुने बताइएको छ । अमेरिका आगामी वर्ष हुने विश्वकपको आयोजक देश पनि हो ।

आगामी वर्ष अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा फिफा विश्वकप आयोजना गर्दैछन् ।

  himalayanvoice.com | २६ असार २०८२, बिहीबार १२:२९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online