ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

भोटेकोशीमा आएको बाढीका कारण दुई सय पैँतिस मेगावाट विद्युत् अवरुद्ध

काठमाडाैँ । मङ्गलबार ल्हेन्देखोला– भोटेकोशी नदीमा आएको बाढीका कारण करिब २३५ मेगावाट विद्युत् उत्पादन अवरुद्ध भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

सबैभन्दा ठुलो क्षति रसुवागढी जलविद्युत् आयोजनामा भएको जनाइएको छ । १११ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको बाँधका छमध्ये तीन वटा गेट बाढीले बगाएको छ । यसबाहेक बाँध क्षेत्र बाढीले ल्याएको लेदो,

ढुङ्गाले भरिएको छ । आयोजनामा के कति क्षति भयो भन्ने यकिन जानकारी प्राप्त गर्न नसकिएको प्राधिकरण प्रवक्ता राजन ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार भूमिगत विद्युत्गृहमा पनि पानी पसेको आशङ्का छ । त्यस्तै ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ को एउटा गेट पनि बाढीले बगाएको छ । यसको पनि उत्पादन बन्द भएको छ ।

नुवाकोटको पहरेबेँसीमा रहेको त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा पनि बाढीको कटानका कारण ठुलो क्षति भएको छ । सबस्टेसनको एउटा टावर बगेको छ भने १३२ केभी संरचना क्षेत्रमा बाढी पसेका कारण ठुलो कटान भइरहेको छ । १३२ केभी प्रसारण लाइन बन्द हुँदा १४ मेगावाटको मैलुङ खोला र पाँच मेगावाटको बुद्धभूमि हाइड्रोको विद्युत् उत्पादन पनि बन्द गरिएको छ । २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाको टेलरेसबाट पानी छिर्दा त्यहाँको पनि विद्युत् उत्पादन बन्द हुन पुगेको छ । २४ मेगावाटको त्रिशूली र १४ मेगावाटको देवीघाट जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा पनि लेदो तथा गेग्रान थुप्रिएकाले उत्पादन अवरुद्ध भएको छ । यी आयोजना एक सातामा सञ्चालनमा आउन सक्ने प्रवक्ता ढकालले जानकारी दिनुभयो । प्राधिकरण कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले रसुवागढी जलविद्युत् आयोजनाको पुनस्र्थापना गर्न बर्खाभर सम्भव छैन ।

“मङ्सिरपछि केही वैकल्पिक उपाय गरेर आयोजना सञ्चालन गर्ने प्रयास हुने छ,” उहाँले भन्नुभयो । भूमिगत पावर हाउसमा खास क्षति भने नभएको उहाँले बताउनुभयो । यो आयोजनाबाट छ महिना पहिले मात्रै विद्युत् उत्पादन थालिएको थियो ।

उक्त सबस्टेसन पनि गत वर्ष जेठमा मात्रै उद्घाटन गरिएको थियो । “क्षतिको पूर्ण विवरण सङ्कलन गर्ने काम भइरहेको छ, प्रभावित आयोजनाहरू के कसरी पूर्ण रूपमा पुनस्र्थापना गर्ने भन्ने विषयमा प्राधिकरण गम्भीर छ,” शाक्यले भन्नुभयो । बाढीले निजी क्षेत्रका जलविद्युत् आयोजनामा भौतिक क्षति भएको नपाइएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिनुभयो ।

  himalayanvoice.com | २६ असार २०८२, बिहीबार १२:३३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online