ट्रेण्डिङ्ग:
|एम्नेस्टी इन्टरनेशनल र अधिकार समूहहरूद्वारा अमेरिकाको लागि विश्वकप यात्रा सल्लाह जारी|कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै|नयाँ नियमावलीमा सांसदको विशेषाधिकार प्रस्ताव|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने पूर्वानुमान|बेलायत र फ्रान्सेली सरकारद्वारा इङ्लिस च्यानल हुँदै आप्रवासी क्रसिङ रोक्न ३ वर्षे सम्झौतामा हस्ताक्षर|डा. दुबसु क्षेत्रीको अध्यक्षतामा ‘नेपाल–बेलायत लेखक सङ्घ’ गठन |कांग्रेस संसदीय दलको विधान पारित, भोली उम्मेदवारी दर्ता|प्रज्ञा–प्रतिष्ठानद्वारा प्रज्ञा र प्रादेशिक पुरस्कार घोषणा|प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई प्रयोग गर्न नदिने सरकारको निर्णय

रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, ८६२ जनाको उद्धार

काठमाडौँ । माथिल्लो जलाधार क्षेत्रमा हिमताल विष्फोट भएर रसुवामा मङ्गलबार आएको बाढीमा परेर मृत्यु हुने ११ जना पुगेका छन् ।

यसअघि नौ जनाको मृत्यु भएकामा त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा दुई जनाको शव फेला परेसँगै आजसम्म मृत्यु हुनेको सङ्ख्या ११ पुगेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिलेसम्म बाढीमा फसेका अलपत्र परेका तथा सडक अवरुद्ध हुँदा रोकिएका गरी ८६२ जनाको उद्धार गरिएको छ । उनीहरूलाई उद्धार गरी सुरक्षित गन्तव्यतर्फ पठाइएको उहाँले बताउनुभयो । अहिलेसम्म एक जनाको शव सनाखत भएको र अन्य शवहरूको सनाखत हुनसकेको छैन । कतिपयको चिन्न नसक्ने अवस्थाको र कतिपय मानव अङ्गमात्र फेला पारिएको छ ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार अझै १९ जना बेपत्ता रहेका छन् । उक्त बाढीमा परेर रसुवाबाट हराइरहेका एक जना प्रहरी ९असई० लालबहादुर श्रेष्ठको शव पहिचान भएपछि अन्त्येष्टि गरिएको तर अरुको पहिचान नहुँदा अन्त्येष्टि गर्न सकिएको छैन । शवलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ ।

उक्त बाढीमा परेकाहरूको उद्धारका लागि एक हजार ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । बेपत्ताहरूको खोजी अहिले पनि जारी रहेको प्रहरीले जनाएको छ ।

उक्त बाढीले नेपाल–चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको थियो । यस्तै २४ वटा कन्टेनर, छवटा ट्रक र ४२ वटा इभी गाडी बगाएको छ । धुन्चेबाट टिमुरे जाने सडकमा ठूलो क्षति पुगेको छ । रसुवागढी हाइड्रोको ड्याम, भन्सार कार्यालयको यार्डमा पनि क्षति पुगेको छ ।

यहाँ माथिलो जथाधार क्षेत्रमा रहेको हिमताल विष्फोटबाट बाढी आएको जल तथा मौसम विज्ञान विभागले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

  himalayanvoice.com | २७ असार २०८२, शुक्रबार १२:५२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online