ट्रेण्डिङ्ग:
|सम्बन्धित देशमै ग्रिनकार्डको आवेदन दिनु पर्ने नयाँ घोषणाले आप्रवासीहरूमा भ्रम र चिन्ता बढ्यो|वेदको ज्ञानलाई मानव जीवनमा सेवकको रुपमा धारण गर्न ‘आचार्य’ योग गुरु शर्माको आग्रह|अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु|एमाले सचिवालय बैठक पार्टी नेता बादलको नेतृत्वमा पार्टी पुनर्गठन कार्यदल गठन गर्दै सम्पन्न|काँग्रेस देउवा पक्षद्वारा आयोजित सुदूरपश्चिम भेलाको सदस्यता अद्यावधिक नगर्ने निणर्य|स्पेनी सर्वोच्च अदालतले सामूहिक आप्रवासीहरूलाई नियमित गर्न अनुमति दियो|साहित्यकार गौतमको मुक्तक सङ्ग्रह ‘भावनाका लहर’ सार्वजनिक|सीमाविवादका कारण कर्णाली करिडोर बन्द|मनकामना सडकबाट जिप मर्स्याङ्दीमा खस्यो, दुई जना गम्भीर घाइते|बाजुरा–हुम्ला जिल्लाको सीमा विवाद समाधानका लागि समिति गठन

आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ ।

मौद्रिक नीति सार्वजनिक गर्नुहुदै राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सजगतापूर्वक लचिलो नीति अवलम्बन गरिएको बताउनुभयो । दोस्रो वित्तीय क्षेत्र रणनीतिक स्वीकृत गरी कार्यान्वयनमा ल्याउने मौद्रिक नीतिमा उल्लेख छ ।

ब्याजदर करिडोरको माथिल्लो सीमाका रुपमा रहेको बैंकदरलाई छ प्रतिशत र नीतिगत दरलाई साढे चार प्रतिशत कायम गरिएको छ । यसअघि बैंकदर साढे छ प्रतिशत र नीतिगत दर पाँच प्रतिशत थियो ।

मौद्रिक नीतिमार्फत निजी आवासीय घर निर्माण तथा खरिद गर्नका लागि प्रवाह गरिने कर्जाको सीमा रू. दुई करोडबाट बढाएर रु. तीन करोड कायम गरिएको छ । पहिलो घर निर्माण वा खरिद गर्दा कर्जा मूल्य अनुपात ८० प्रतिशतसम्म र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म कायम गर्न सकिने व्यवस्था गरिएको छ ।

यक्तिगततर्फको शेयर धितो कर्जाको सीमा रू. १५ करोडबाट बढाएर रू २५ करोड पुर्‍याइएको छ । विदेश भ्रमणमा जाने नेपालीले बोक्न पाउने रकमको सीमा दुई हजार पाँच सय अमेरिकी डलरबाट बढाएर तीन हजार अमेरिकी डलर बनाइएको छ ।

आगामी आर्थिक वर्षमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १२ प्रतिशतले वृद्धि हुने लक्ष्य मौद्रिक नीतिले तय गरेको छ । रासस

  himalayanvoice.com | २७ असार २०८२, शुक्रबार १२:५६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online