ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

ह्यारी र कुकुर –राकेश कार्की

खास नाउ उसको हरि प्रसाद थियो। गाउँमा छउन्जेल उसलाई हरे भन्थ्ये। पढन सहर छिरेर जागीर खान थालेपछी उसलाई हरि भन्न थाले। अनि ग्रिनकार्ड लटरी परेर अमेरिका छिरेपछि त उसलाई ह्यारी भन्न थाले। गाउँमा छउन्जेल प्रशस्तै खेतबारी थिए। सहरमा लोकसेवा पास गरेर अफिसर भएपछि प्रशस्तै धन कमाए। निकै कुलघरानकै देखिन्थे। कामदार, सेवादार थुप्रै थिए। एक पाइला हिँडन पर्दैनथ्यो। गाडी र ड्राइभर सधैँ तयार रहन्थे। राजनीतिकर्ता र ब्यापारीहरुसँग उठबस थियो। ठाँटबाट ठूलै थियो। चाकरी गर्नेहरू मौरी झैँ झुम्मिन्थे। नमस्कार पस्कनेको ताँती लाग्थ्यो।

यत्रो शानसौगातमा बसिरहेका हरिलाई लटरी परेपछि अमेरिका जाने लोभ लाग्यो। अमेरिका छिरेर ह्यारी भएपछि उनले अमेरिकन ड्रिमको ढाँचामा आफूलाई ढाल्न थाले। त्यहाँको देखासिकी गर्न थाले। अमेरिकनले बोलेजस्तो जीब्रो बटारेर ट्याक्क टुक्क अँग्रेजी पनि बोल्न थाले। ठूलै घर, ठूलै गाडी र ठूल्ठूलै मानिसको सम्पर्कमा रहन थाले। एनाटोलियन शेफर्ड जातको ठूलै कुकुर पनि पाले। अमेरिकामा पनि ‘म के कम’ भन्ने भावना बोकेर आफू पनि उच्च वर्गको अमेरिकन नै भएँ भनेर सोच्न थाले। त्यस्तै त्यस्तै पहिरन र त्यस्तै त्यस्तै व्यवहार गर्न थाले।

  himalayanvoice.com | ३० असार २०८२, सोमबार १२:४३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online