ट्रेण्डिङ्ग:
|सभापति शेरबहादुर देउवाको प्रस्तावमा काँग्रेस महाधिवेशन पुस २६ देखि २९ सम्म|एनआरएनए एकता सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर, अप्रिल भित्र १२ औं विश्व सम्मेलन गर्ने सहमति |एमाले महाधिवेशनः आठ जिल्लामा प्रतिनिधि टुंगो लाग्न बाँकी|एसिसी यु–१९ प्रिमियर कपः उपाधिका लागि नेपाल र युएईबिच प्रतिस्पर्धा|रास्वपा र विवेकशील साझाबिच पार्टी एकता|एनपिएलः  कर्णाली याक्सविरुद्ध काठमाडौँको जित|दक्षिणपूर्वी लुइसियानामा सीमा गस्तीको नेतृत्वमा आप्रवासन कारबाही सुरु हुदै|प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एनआरएनए दुई समुहको एकता घोषणा|१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव|आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आमाको महिमा बुझाउने नाटक

लेखनाथ । कुन काम सरल, कुन जटिल, समयसापेक्ष यकिन गर्नु पर्छ । थाहै नपाई स्वचालित हुने श्वासप्रश्वास रोकिएपछि सजीव मृत हुन्छ । शरीरको अङ्गै सरह नौ महिना कोखमा बसेर जन्मिने मान्छेले पनि आमालाई पूर्ण चिन्दैन, चिन्ने चेष्टासमेत गर्दैन । आमाको महिमा बुझाउने, चिनाउने, प्रस्ट्याउने करोडौँ सिर्जना भएका छन् । यस्तै एउटा पछिल्लो प्रयास हो आमा नाटक ।

पोखरा थियटरको गन्धर्व नाटकघरमा गत शनिबारबाट सुरु भएको ‘आमा’ ले दर्शकको ध्यान तानेको छ । कवि तीर्थ श्रेष्ठको कविता सञ्चयन ‘धर्सैधर्साको चक्रव्यूह’ का आधा दर्जन कवितालाई निर्देशक नारायण न्यौपानले नाट्य रूपान्तरण गरी नाटक तयार गर्नुभएको छ  ।

नाटकले अर्को अर्थमा आमनेपाली महिलाको जीवनचक्रसमेत देखाएको छ । अबोध बाल्यावस्थादेखि नै ‘तँ छोरी होस्, तँ छोरा सरह हुन सक्दिनस्’ भन्ने मनस्थिति बनाउने नेपाली समाजको व्यवहार नाटकमा देख्न पाइन्छ । नाटककी मुख्य पात्र फूलमायाको भूमिकामा कृष्टि गुरुङ हुनुहुन्छ । फूलमायालाई बालसुलभ क्रियाकलापमा प्रकृतिले कुनै विभेद गरेको छैन तर फुलमान (दाजुभाइ) स्कुल जाँदा घरायसी काममा जोतिनुपर्ने बाध्यता उनले भोग्नु परेको छ ।

फूलमायाको विवशता चित्रणकै क्रममा मञ्चमा कविता प्रस्तुत हुन्छ, फुल्नै नपाएका फूलमायाहरू । बाल्यकालमा व्यक्तित्व विकास हुन नपाएकी फूलमाया किशोरी हुन्छिन् । किशोरावस्थामा उनको जीवन हिउँले खाएको नयाँ पालुवा जस्तो हुन पुग्छ । फूलमायाको बिहे सिद्धार्थसँग हुन्छ । यहाँ सिद्धार्थको भूमिका रमेशबाबु तिमिल्सिनाले निर्वाह गर्नुभएको छ । । बिहे भएको सातै महिनामा यी आधुनिक सिद्धार्थलाई शान्ति खोज्ने भूत चढ्छ । उनी नवविवाहिता श्रीमती र घरलाई छाडेर निस्कन्छन् ।

किशोरावस्थामा गर्भिणी हुँदा श्रीमान्ले छाडेर हिँडेपछि देख्ने आमसपना फूलमाया देख्छिन् । फूलमायाले देखेका तिखा जङ्गली काँडा जस्ता सपना पनि अरूप्रति समर्पित हुन्छन् । आफू काँडामाथि कुल्चिँदै सन्तानको सुखद भविष्यको कामना गर्ने फूलमाया छोरो अभिमन्युबारे अनेक सपना बुन्छिन् ।

लेखक नारायण न्यौपानेले कविताका भावबाट सुन्दर कथाको बुनोट तयार पार्नुभएको छ । कथावस्तु अनुसार बेला बेलामा मञ्चमा कवितांश प्रस्तुत भइरहन्छन् । फूलमायाको जीवनमा फेरि अर्काे सङ्गीन मोड आइपुग्छ, जब उनका छोरा अभिमन्यु विदेश जान्छन् । एकल महिलाले हुर्काएका सन्तानले देशै छाडेर परदेसिँदा श्रीमान्को झझल्को भुल्ने महिलामा के बित्दो हो, नाटकमा फूलमायाको अनुहारमा हेर्न सकिन्छ । नाटकलाई अघि बढाउन फेरि यहाँ काल्पनिकताको सहयोग लिइएको छ । फूलमाया र सिद्धार्थका आत्माहरूको भेट भएको देखाइएको छ । नाटकले यसरी सन्तान हुर्काउने आमाहरू छोराछोरी कमाउने, देशविदेश पुग्ने भएपछि वृद्धाश्रममा जानुपर्ने विडम्बनासमेत उजागर गरेको छ । नाटकमा सघन द्वन्द्व देखाउन थप्न सकिने ठाउँ छन्, केही कलाकारमा स्वाभाविक भाषाशैलीको अपेक्षा गर्नु पनि अनुचित हुँदैन ।

  himalayanvoice.com | ९ श्रावण २०८२, बिहीबार २२:४४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online