ट्रेण्डिङ्ग:
|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए|श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध|प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई |संघीय संसद्का १२ वटा समितिका सभापतिहरू निर्वाचित|कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु

पश्चिम नेपालका रानाथारु समुदाय आज तीज मनाउँदै

धनगढी  । सुदूरपश्चिम प्रदेशको तराईवासी रानाथारु समुदायमा आइतबार तीज मनाइँदै छ । रानाथारु समुदायका महिलाले आफ्ना दाजुभाइ र भतिजाको दीर्घायुको कामना गर्दै आज तीज मनाइरहेका छन् ।

दिनभरि निराहार व्रत बसेर यो पर्व मनाउने चलन रहेको छ । श्रावण शुक्ल तृतीयाका दिन तीज मनाउने गरिएको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका पूर्व भलमनसा सन्तराम रानाले बताउनुभयो ।

अन्य समुदायका महिलाले आफ्नो श्रीमानका दीर्घायुका लागि तीज व्रत बस्ने गरे पनि रानाथारु समुदायका महिलाले आफ्ना दाजुभाइ र भतिजाको लामो आयु र सुस्वास्थ्यका लागि व्रत बस्ने गरेका जनाइएको छ । तीजको दिन दिनभरि निराहार व्रत बसेर अपराह्न वा बेलुकातिर नदीमा गई पूजा गर्ने चलन रहेको पूर्व प्रदेश सभा सदस्य मालामती रानाले बताउनुभयो ।

उहाँका अनुसार सावनको डोला बनाउन प्रयोग गरिएको डोरी (मुरिया) काटेर व्रतालु महिलाहरुले नदीमा लग्ने गर्दछन् । यस्तै, झुरकी (कुसको गाँठो) बनाएर पनि लग्ने चलन छ । विवाहित व्रतालुले सात वटा गाँठो र अविवाहितले पाँच वटा गाँठो बनाएर झुरकी लग्ने र मुरियासहित त्यसलाई नदीमा सेलाउने गरेको रानाले बताउनुभयो ।

तीजको पूजाआजापछि व्रतालुसहित घरपरिवार सबै मिलेर सिमही, पुरी, गुलगुला, पकौडा, पपरा लगायतका मिठा परिकार खाने चलन रहेको छ । यसैगरी, दाजुभाइहरुले व्रतालुहरुलाई आशिर्वादको साथै सकेको दक्षिणा पनि दिने गरेको धनगढी गाउँका स्थानीय शिवराज रानाले बताउनुभयो ।

तीजको केही दिन अगाडिदेखि नै गाउँ गाउँमा सावन डोलामा रमाउने चलन रहेको छ । तीज सकिएपछि पनि महिलाले सामूहिक रुपमा सावन डोलामा पिङ खेलेर रमाउने गरेको जनाइएको छ । रानाथारु तीजको अवसरमा धनगढी उपमहानगरपालिकासहित कैलाली, कञचनपुरका पालिकाले स्थानीय सार्वजनिक बिदा दिएका छन् ।

  himalayanvoice.com | ११ श्रावण २०८२, शनिबार २३:२४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online