ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

अस्ट्रेलिया सिरिजका लागि नेपाली टिमको घोषणा

काठमाडौँ । अस्ट्रेलियामा हुने टप एन्ड टी–२० सिरिजको लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमबार रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानमा दीपेन्द्रसिंह ऐरी हुनुहुन्छ ।

टोलीमा यसअघि स्कटल्यान्डमा भएको त्रिदेशीय सिरिजमा रहनुभएका किरण ठगुन्ना पर्नुभएको छैन । कुशल मल्लले पुनरागमन गर्दा चाटका कारण स्कटल्यान्ड भ्रमण गुमाउनुभएका सोमपाल कामी र गुलशन झाले पनि स्थान बनाउनुभएको छ ।

यस सिरिजमा ११ टोलीको सहभागिता रहनेछ । नेपालले स्ट्राइकसँग अगस्ट १५ तारिख खेल्दै सिरिजको सुरुवात गर्नेछ ।

नेपाली टोली

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र ललित राजवंशी ।

  himalayanvoice.com | २० श्रावण २०८२, सोमबार १२:१५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online