ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

ताप्लेजुङ गोल्डकप : सुनसरीको विजयी सुरुवात

ताप्लेजुङ । तेस्रो अन्तर्राष्ट्रिय ताप्लेजुङ गोल्डकपमा द योङ ब्रदर्स क्लब इटहरी सुनसरीले विजयी सुरुवात गरेको छ ।

भानु जनमाध्यमिक विद्यालयको खेल मैदानमा शनिबारबाट सुरु भएको प्रतियोगितामा द योङ ब्रदर्स क्लब इटहरीले आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई २–१ गोलले हरायो । आइतबार सहारा क्लब पोखरा र रेड स्टार फुटबल क्लब झापाबिच प्रतिस्पर्धा हुने छ ।

साउन २७ गते हुने क्वाटरफाइनलको अन्तिम खेलमा सलहेस युवा क्लब सिराहा र फिदिम स्पोर्टिङ क्लब पाँचथरबिच भिडन्त हुँदैछ । भारतका एक सहित नेपालका चार प्रदेशका प्रतिष्ठित क्लबको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल साउन ३१ गते हुने छ ।

प्रतियोगिताको विजेताले नगद ७ लाख दुई हजार ८२ र उपविजेताले तीन लाख ५० हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै खेलमा सर्वोत्कृष्ट बन्ने खेलाडीले बाइक समेत प्राप्त गर्ने छ ।

 

  himalayanvoice.com | २५ श्रावण २०८२, शनिबार ०९:३१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online