ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

ताप्लेजुङ गोल्डकप : सुनसरीको विजयी सुरुवात

ताप्लेजुङ । तेस्रो अन्तर्राष्ट्रिय ताप्लेजुङ गोल्डकपमा द योङ ब्रदर्स क्लब इटहरी सुनसरीले विजयी सुरुवात गरेको छ ।

भानु जनमाध्यमिक विद्यालयको खेल मैदानमा शनिबारबाट सुरु भएको प्रतियोगितामा द योङ ब्रदर्स क्लब इटहरीले आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई २–१ गोलले हरायो । आइतबार सहारा क्लब पोखरा र रेड स्टार फुटबल क्लब झापाबिच प्रतिस्पर्धा हुने छ ।

साउन २७ गते हुने क्वाटरफाइनलको अन्तिम खेलमा सलहेस युवा क्लब सिराहा र फिदिम स्पोर्टिङ क्लब पाँचथरबिच भिडन्त हुँदैछ । भारतका एक सहित नेपालका चार प्रदेशका प्रतिष्ठित क्लबको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल साउन ३१ गते हुने छ ।

प्रतियोगिताको विजेताले नगद ७ लाख दुई हजार ८२ र उपविजेताले तीन लाख ५० हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै खेलमा सर्वोत्कृष्ट बन्ने खेलाडीले बाइक समेत प्राप्त गर्ने छ ।

 

  himalayanvoice.com | २५ श्रावण २०८२, शनिबार ०९:३१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online