ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

ताप्लेजुङ गोल्डकप : चर्च ब्वाइज क्लब ललितपुर सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ ।  ताप्लेजुङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप प्रतियोगितामा चर्च ब्वाइज क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । 

सोमबार सम्पन्न खेलमा लिजेन्ड फुटबल एकेडेमी सिलगुडीलाई १—० गोल अन्तरलाई पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेका हो । खेलको १० औँ मिनेटमा चर्च ब्वाइजका समीर जर्घाले गर्नुभएको गोल नै आजको खेलको निर्णायक बन्यो ।

लाखे जात्राको अवसरमा लाखे जात्रा सञ्चालन समितिद्वारा सञ्चालन भइरहेको प्रतियोगितामा भोली (मङ्गलवार) हुने क्वाटर फाइनलको अन्तिम प्रतियोगिता सिराहाको सलहेश युवा क्लब र पाँचथरको फिदिम स्पोर्टिङ क्लब बिच प्रतिस्पर्धा हुने लाखे जात्रा सञ्चालक समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो ।

आजको खेलको ‘म्यान अफ दि म्याच’ चर्च ब्वाईजका गोल किपर विश्वास चौधरी  हुनुभयो । चौधरीले ७ हजार प्राप्त गर्नुभयो । शनिवार देखि ताप्लेजुङको फुङलिङको भानु जनमाविमा सुरु भएको खेलमा सुनसरीको द योङ ब्रदर्श क्लब र झापाको रेड स्टार फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

३१ गते सम्पन्न हुने फाइनल खेलका विजेताले नगद ७ लाख २ हजार ८२ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै खेलमा सर्वोत्कृष्ट बन्ने खेलाडीले बाइक समेत प्राप्त गर्ने छ ।  भारतका एक सहित नेपालका चार ओटा प्रदेशका प्रतिष्ठित क्लबको सहभागिता रहेको छ ।

  himalayanvoice.com | २८ श्रावण २०८२, मंगलवार ००:३७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online