ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

नेपाली टोलीका क्याप्टेन किरणकुमार चेम्जोङले बङ्गलादेशको शीर्ष डिभिजनको लिग खेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका क्याप्टेन तथा गोलकिपर किरणकुमार चेम्जोङले बङ्गलादेशको शीर्ष डिभिजनको लिग खेल्ने भएका छन् ।

उनलाई बङ्गलादेश पुलिस क्लबले अनुबन्ध गरेको हो । ३५ वर्षीय किरण लामो समयदेखि क्लबविहीन थिए । उनको यो चौथो विदेशी क्लब हो । यसअघि उनले मालदिभ्सको ट्रस्ट एन्ड केयर स्पोट्र्स क्लब, भारतको मिनर्भा पन्जाब र मालदिभ्सको माजिया क्लबबाट खेलिसकेका छन् ।

सन् २००७ देखि उनी नेपाली राष्ट्रिय टोलीको पोस्ट सम्हालिरहेका छन् । अब उनले आफ्नै टोलीका विंगर आयुष घलानसँगै लिग खेल्ने छन् । उनलाई यसअघि नै पुलिसले भित्र्याइसकेको छ ।

२१ वर्षीय घलानको यो पहिलो विदेशी क्लब हो । यसअघि उनले ए डिभिजन लिग क्लब थ्री स्टार, सङ्कटा, मच्छिन्द्र र चर्च ब्वाइज युनाइटेडबाट खेलिसकेका छन् ।

यस्तै, नेपाल सुपर लिग क्लब पोखरा थन्डर्सबाट पनि खेलेका छन् । यसअघि नेपाली राष्ट्रिय टिमका डिफेन्डर अभिषेक लिम्बूलाई रहमतगञ्ज एमएफएसले अनुबन्ध गरिसकेको छ ।

  himalayanvoice.com | २८ श्रावण २०८२, मंगलवार १३:१०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online