ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

पाकिस्तानले नेपाललाई दियो १४५ रनको चुनौती

काठमाडौँ । टप एण्ड टी–२० सिरिजमा पाकिस्तानले नेपाललाई १४५ रनको चुनौती दिएको छ ।

समूह चरणको अन्तिम खेलमा पाकिस्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गरेको हो । नेपालविरुद्ध पाकिस्तानका इरफान खानले सर्वाधिक ४२ रन बनाउँदा अब्दुल समदले सर्वाधिक २६ रन जोड्नुभयो । मोहम्मद वसिमले २३, यासिर खानले १८ रन बनाउँदा मेहरान मुमताजले १० रन थप्नुभयो।

नेपालका लागि सोमपाल कामीले तीन विकेट लिँदा, दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले दुईदुई विकेट लिँदा कुशल भुर्तेलले एक विकेट हात पार्नुभयो । नेपालका लागि चार ओभर बलिङ गर्दा सन्दीप लामिछाने २८ रन दिएर विकेटबिहीन बन्नुभयो ।

शृङ्खला सहभागी ११ टोलीमध्ये अङ्क तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आज पाकिस्तानविरुद्धको खेल जित्नैपर्ने दबाब छ । पाकिस्तान भने ६ अंकसहित दोस्रो स्थानमा छ । नेपालले यसअघि पाँच खेल खेल्दा तीनमा हार र एकमा जित निकालेको थियो ।

नेपाल पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भयो।

नेपालले चौथो खेलमा होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ र पाँचौं खेलमा मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनको जित निकालेको थियो । पाकिस्तानविरुद्ध नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।

  himalayanvoice.com | ६ भाद्र २०८२, शुक्रबार ०८:२७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online