ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदै

महोत्तरी । मिथिला क्षेत्रमा आज चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइँदैछ । श्रद्धा र आस्थाको पर्वका रुपमा मानिएको चौरचनमा आज राति चन्द्रमाको पूजा गरिन्छ । पर्वलाई मिथिलाञ्चलको गाउँबस्तीमा चौरचनपर्वको नामले पनि प्रख्यात छ । कुनै ठाउँमा यस पर्वलाई चौठचन्द्र पर्व भनेर पनि सम्बोधन गरिन्छ ।

संस्कृतिविद् ध्रुव राय पर्वका अवसरमा परिवारका सदस्यहरु जमघट हुने र एकैसाथ खाना खाने चलन भएकाले आपसी सम्बन्ध बलियो बनाउने माध्यम भएको बताउनुहुन्छ । महिला आज दिनभर निराहार उपबास बसी राति चन्द्रमाको पूजाआजा गरेपछि अन्न र जल ग्रहण गर्नेछन् । पर्वमा विभिन्न फलफूल, मिठाइ, दही, पुरी र खीर खाने चलन रहेको जलेश्वर नगरपालिका–८ का व्रतालु राजवतीदेवीले बताउनुभयो ।

महिलाहरुले पूजा सकाएपछि घरका सबै सदस्यहरुले पालैपालो आँगनमा राखिएको विभिन्न फलफूल लिएर चन्द्रमाको दर्शन गर्छन् । चौरचनपर्व सम्पन्न भएपछि परिवारका सदस्यहरु आँगनमै बसेर खीर, पुरी, दही, मिठाइ खाने चलन छ ।

  himalayanvoice.com | ९ भाद्र २०८२, सोमबार २२:३९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online