ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

नेपाल ‘ए’ लाई टी–२० सिरिज उपाधि

काठमाडौँ । आसाम प्रदेश क्रिकेट सङ्घविरुद्धको टी–२० अभ्यास सिरिज नेपालले जितेको छ ।

भारतको गुवाहटीमा सोमबार भएको सिरिजको पाँचौँ तथा अन्तिम खेलमा नेपालले आसामलाई ४४ रनले हरायो । यससँगै नेपालले सिरिज ३–२ ले जितेको हो ।

जितका लागि नेपालले दिएको दुई सय नौ रनको लक्ष्य पछ्याएको घरेलु टोली आसाम निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६४ रनमा समेटिएको थियो ।

आसामका लागि भार्गव लहकरले सर्वाधिक अविजित २९ रन बनाउनुभयो । यस्तै साहिल जेन र कप्तान सुमित घडिअन्करले २५, २५ तथा सौरभ दिहिगाले १७ रन बनाउनुभयो । बलिङमा नेपालका शेर मल्ल, आकाश चन्द र पवन सर्राफले दुई दुई तथा बसिर अहमदले एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा पाँच विकेटको क्षतिमा दुई सय आठ रन बनाएको थियो । नेपालका लागि सन्दीप जोराले सर्वाधिक ६४ रन बनाउनुभयो । यस्तै शुभ कंसाकारले ४१ र इशान पाण्डेले ३२ रन जोड्नुभयो । बलिङमा आसामका आयुष्मान मलाकार र अभिनव चौधरीले दुई दुई विकेट लिनुभयो ।

यसअघि सिरिजको पहिलो खेलमा नेपाल १५ रन र दोस्रो खेलमा ९६ रनले विजयी भएको थियो । यस्तै तेस्रो खेलमा नेपाल नौ रन र चौथो खेलमा १८ रनले पराजित भएको थियो । सिरिजको उपाधि जित्ने पर्ने अन्तिम खेलमा नेपालले सानदार प्रदर्शन गर्न सफल भयो ।

  himalayanvoice.com | १६ भाद्र २०८२, सोमबार २२:०४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online