ट्रेण्डिङ्ग:
|क्यालिफोर्नियाका विद्यार्थीको स्कोर घोषणा : नतिजामा उल्लेखनीय सुधार|पोपले शिकागो युनियन नेताहरूसँग भेटे, आप्रवासीहरूलाई स्वागत गर्न आग्रह|सरकारी बन्दका बीच आइसद्वारा अपराधी र अवैध आप्रवासी पक्राउ जारी|मन्त्रिपरिषद् बैठकका ६ निर्णय : इलामलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा|मन्त्रिपरिषद् बैठक : चार जना डिआइजीको एआइजीमा बढुवा|एसियन कप छनोट : नेपाल भियतनामसँग पराजित|कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने|भिजिट भिसा छानबिन समिति प्रतिवेदन अगाडि बढाउने सरकारको निर्णय|सर्वेक्षणहरू भन्छ, ‘राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनलाई अत्यधिक समर्थन’|जर्मनीले पौने सात अर्बको सहयोग गर्ने

भिपीएन प्रयोग नगर्न सञ्चार मन्त्रालयको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल चलाउन भर्चुअल प्राइभेट नेटवर्क (भिपीएन) प्रयोग नगर्न तथा नगराउन आग्रह गरेको छ। 

नेपाल दूरसञ्चार प्राधिकरणबाट मोबाइल तथा इन्टरनेट सेवा प्रदायकमार्फत सामाजिक सञ्जालको पहुँच निषेध भइसकेको उल्लेख गर्दै सञ्चार मन्त्रालयले त्यस्ता पहुँच प्राप्त गर्न असुरक्षित, अनाधिकृत एवम् जोखिमयुक्त भिपीएन प्रयोग नगर्न तथा नगराउन समेत आग्रह गरेको हो ।

सञ्चार मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्र कुमार ठाकुरले विज्ञप्ति सार्वजनिक गर्दै नेपालमा सञ्चालनमा रही हालसम्म सूचीकरण नभएका सबै सामाजिक सञ्जाल प्लेटफर्मले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम सम्पर्कमा आउन पुनः आग्रह गरिएको बताउनुभयो।

नेपालभित्र सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी तथा स्वनियम परिपालनाको निगरानी गर्ने अधिकारी तोकी सूचीकरण हुन सम्बद्ध सबै सरोकारवालामा पुनः आग्रह गरिएको उहाँको भनाइ छ।

  himalayanvoice.com | २२ भाद्र २०८२, आईतवार १०:०७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online