ट्रेण्डिङ्ग:
|सर्वेक्षणहरू भन्छ, ‘राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनलाई अत्यधिक समर्थन’|जर्मनीले पौने सात अर्बको सहयोग गर्ने|अन्तर्राष्ट्रिय बजारमै सुनको भाउमा नयाँ रेकर्ड|मनसुन क्रमशः कमजोर हुँदै|फागुन २१ मै निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की|एक लाख डलर एच-१बि भिसा शुल्कले आप्रवासी कामदारहरूमा निर्भर ग्रामीण विद्यालय र अस्पतालहरू खतरामा|भारतमा भएको दुर्घटनामा दुई नेपालीको मृत्यु|राष्ट्रपति ट्रम्प भन्छन्: गार्ड तैनाथीको विरोध गर्ने इलिनोइसका गभर्नर र शिकागोका मेयरलाई जेल हाल्नु पर्छ|अमेरिकी दमनको बीचमा एल पासोका बिशपले आप्रवासीहरूबाट पोप लियो चौधौं हताश पत्रहरू ल्याए|नोबेल साहित्य पुरस्कार : स्विस उत्तरआधुनिकतावादी र अस्ट्रेलियाली लेखक प्रमुख दावेदार

तीन साहित्यकार पुरस्कृत

नेपालगन्ज । सिर्जना कला साहित्य प्रतिष्ठानले आयोजना गरेको दोस्रो अधिवेशनमा तीन जना वरिष्ठ साहित्यकारलाई विभिन्न पुरस्कार प्रदान गर्नुका साथै सम्मानित गरिएको छ । कार्यक्रममा वरिष्ठ साहित्यकार पूर्ण ओलीलाई पशुपति शाह स्मृति साहित्य पुरष्कार, भरतबहादुर रानाभाटलाई वि. विकास साहित्य रत्न सम्मान र विष्णुलाल कुमाललाई भूपेन्द्रप्रकाश प्रतिभा गौरव सम्मान प्रदान गरिएको हो । उहाँहरूलाई लुम्बिनी प्राविधिक विश्वविद्यालय, सेवा आयोगका सदस्य एवं साहित्यकार प्राडा कृष्णप्रसाद घिमिरे, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्यसचिव सनत रेग्मी तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ महानन्द ढकालले पुरस्कार तथा सम्मानपत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा उपन्यासकार शशिराम कार्कीको ‘आरन’ उपन्यासको विमोचन गरिएको थियो । साहित्यकारहरू लेकप्रसाद प्याकुरेल र बिपी अस्तुले कृतिको समीक्षा गर्नुभएको थियो । साहित्यकारहरू कल्पना पौडेल ‘जिज्ञासु’, खगेन्द्र गिरी ‘कोपिला’, डा. हरिप्रसाद तिमिल्सिना, वरिष्ठ साहित्यकार प्राडा कृष्णप्रसाद घिमिरेले साहित्य र कृतिका बारेमा आआफ्नो धारणा राख्नुभएको थियो ।

  himalayanvoice.com | ७ आश्विन २०८२, मंगलवार ०९:५८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online