ट्रेण्डिङ्ग:
|मिनियापोलिसमा भइरहेको विरोध प्रदर्शन अन्त्य गर्न विद्रोह ऐन प्रयोग गर्ने ट्रम्पको धम्की|अदालतको फैसलाले प्यालेस्टिनी समर्थक कार्यकर्ता महमूद खलीलको स्वतन्त्रतामा खतरा|विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोगमा|टुँडिखेलमा थारू समुदायको माघी|मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित

गाउँघरबाट लोप हुँदै रोटे पिङ र लिङ्गेपिङ चर्खेपिङ बनाउन ठूला–ठूला काठ चाहिने र काठ पाउन मुस्किल पनि हुने भएकाले यस्ता पिङको चलन कम हुँदै गएको छ ।

सङ्खुवासभा । सङ्खुवासभामा दसैँ–तिहारमा ग्रामीण भेगमा रोटे पिङ र लिङ्गेपिङ मुख्य आकर्षण हुन्थ्यो । दसैँका बेला खेलिने चर्खेपिङ (काठे पिङ) गाउँगाउँमा हराउँदै जान थालेका छन् । मेला महोत्सवमा बिजुलीबाट चल्ने ठूला खालका पिङ राख्ने गर्नाले स्थानीयस्तरमा नै तयार गरिने काठे पिङको चलन हराउँदै जान थालेको हो । वर्षको एक दिन भुईँ छाड्नु पर्छ भन्ने मान्यताअनुसार धेरैले पिङ खेल्न रुचाउँछन् ।

चर्खेपिङ बनाउन ठूला–ठूला काठ चाहिने र काठ पाउन मुस्किल पनि हुने भएकाले यस्ता पिङको चलन कम हुँदै गएको छ । पछिल्लो समय मनोरञ्जनका अन्य साधन पनि गाउँ भित्रिन थालेपछि गाउँघरबाट पिङ लोप हुन थालेको छ । केही वर्षअघिसम्म सङ्खुवासभाका गाउँगाउँमा दसैँ–तिहारको मौसममा लिङ्गेपिङ र रोटे पिङ लगाउने गरिन्थ्यो ।

जिल्लाका केही स्थानमा मात्र रोटे पिङ पनि भनिने चर्खेपिङ अर्थात् काठे पिङ देख्न सकिन्छ । गाउँमा पिङ नभएपछि जमघट र भेटघाट कम हुने गरेको पाइन्छ । पिङमा वृद्धावृद्धा, युवादेखि बालबालिकासम्म झुम्मिन्छन् । गाउँमा कुनै बेला शुभकामना साटासाट गर्ने स्थल पिङ मानिन्थ्यो । रोटे पिङ र लिङ्गेपिङ अहिलेको पुस्तामा त्यसप्रति आकर्षण घटेको पाइन्छ ।

  himalayanvoice.com | १५ आश्विन २०८२, बुधबार १०:१५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online