ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

गागलफेदी

-रामेश्वर फुयाल

दिउँसै अँध्यारो पारिएको ठाउँमा

रात्रिले पुनः अँध्यारो बन्यो

दविएका जनतामा

आक्रोश थप्यो ।

अन्याय खप्दा खप्दा आजितहरुको जितमा

फेरि अर्को चिन्ह भयो खडा ।।

रात्रिले अँध्यारो थप्यो

प्रशासनले भरौटे थप्यो

जनताले न्याय खोजे

न्याय प्राप्तिको लागि मृत्यु रोजे

शिरमाथि गोली चल्यो

कान वरिपरि ढ्याङ्गढ्याङ्ग आँखा वरिपरि मल्याकमुलुक

बल्न थाले कटवांसहरु गोली साथमा

वल्न थाले अश्रु ग्यांसका गोलाहरु

घोक्राइए मुण्टाइए असी वर्षे बाबुहरु

लुटिए आमा वहिनीहरु

चुटिए छ वर्षे भाइहरु ।।

सवैभन्दा ठुलो ज्यान

अन्यायले दाग्छन भने

जनताका स्वभिमान

धनपती, लुटेरालाई सुम्पीन खोजिन्छ भने

चुप वस्नु थियो मर्नु

ज्यूँदा जनता व्यूझि उठे

हत्केलामा ज्यान राखी

गोलीसँग ढङ्गु जुदाए

भयो सही राम्रो एकता प्रदर्शन ।।

घडीले ८ वजायो

दुश्मन शक्ति बजायो

जनमा जन थपियो वन्यो जनसागर

दुश्मन बौलाए

चम्कन थाल्यो आकाश

घाइतेहरुको ऐया ऐया

प्रशासकको स्वरमा खबरदार

उठे जनता प्रतिरोधमा शान्तिका लागि

फेरियो गागलफेदी युद्ध मैदान

उठाए जनताले भ्रष्टहरुलाई हराउ लहर

जागे सुतेकाहरु

राजनीति आफ्नो बोकेर

गयो वैशाख २९, २०४२

न्याय प्राप्तिका लागि प्रतिरोधको सन्देश दिएर ।

(पञ्चायती निर्वाचनमा पद्मरत्न तुलाधरलाई उम्मेदवार बनाउदा गोलि चलेको सन्दर्भ)

  himalayanvoice.com | १९ आश्विन २०८२, आईतवार १२:३३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online