ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

मलेसियाविरुद्धको शृङ्खलामा नेपाल विजयी

काठमाडौँ । मलेसियाविरुद्धको महिला टि–ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खला नेपालले जितेको छ । 

मलेसियाको बायोमास क्रिकेट ओभल मैदानमा बुधबार भएको फाइनल अर्थात् पाँचौँ खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेसँगै नेपालले शृङ्खला जितेको हो । फाइनलमा पाँच विकेटको जित निकालेसँगै नेपालले पाँच खेलको शृङ्खला ३–२ ले आफ्नो पक्षमा पारेको हो ।

यसअघिको खेलमा मलेसिया तीन र १३ रनले विजयी हुँदा नेपालले दुवै खेलमा ६ विकेटको जित हासिल गरेको थियो । मलेसियाले प्रस्तुत गरेको १०४ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । नेपालका लागि रुवि पोदारले २६, पूजा महतोले २३, रुविना क्षेत्रीले अविजित १५ तथा सम्झना खड्काले १३ रन बनाउनुभयो ।

मलेसियाका लागि आइन हामिजा हसिम, नुर डानिया स्युहदा, आइसा एलिसा फिर्डाजु र नुर आल्याले समान एकएक विकेट लिनुभयो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १०३ रनको योगफल बनाएको थियो । मलेसियाका लागि विनिफ्रेड दुराइसिंघमले सर्वाधिक ४० रनको योगदान दिँदा  माहिरा इज्जती इस्माइलले १९, आइन हामिजा हसिमले १५ र नुर डानिया स्युहदाले ११ रन बनाउनुभयो ।

नेपालका लागि कविता कुँवर र राजमति ऐरीले समान तीन÷तीन विकेट लिनुभयो भने रचना चौधरीले एक विकेट हात पार्नुभयो ।

  himalayanvoice.com | २२ आश्विन २०८२, बुधबार १०:२४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online