राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौँ । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनुभएको छ।  राष्ट्रपति पौडेल शनिबार महाराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना हुनुभएको अस्पतालका कार्यकारी निर्देशक प्राडा. रत्नमणि गजुरेलले जानकारी दिनुभयो। 

उहाँलाई भर्ना गरेर स्वास्थ्य परीक्षण भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रपति पौडेलको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थाको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइराखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×