ट्रेण्डिङ्ग:
|लिबियामा सुडानी आप्रवासी बोकेको डुङ्गा पल्टिँदा कम्तिमा १७ जनाको मृत्यु|वैशाख शुक्ल पूर्णिमाः बुद्ध जयन्ती मनाइँदै|यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर|देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना|आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण|आप्रवासन प्रवर्तनका लागि ७० अर्ब डलर अनलक, हाउसले पारित गर्‍यो बजेट|महिला टी–२० च्यालेन्ज : नेपाल उपाधि होडबाट बाहिरियो|१९ स्रष्टालाई प्रज्ञा पुरस्कार समर्पण|राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी|नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यक : पूर्व अर्थमन्त्री खनाल

राष्ट्र बैंकले तीन अर्ब ३० करोड लगानी गर्ने केन्द्रीय बैंकले सूचनामार्फत ३६६ दिनका लागि उक्त रकम लगानी गर्न लागिएको जानकारी दिएको छ । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामा उक्त रकम लगानी गर्न लागिएको जनाएको छ ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु तीन अर्ब ३० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।

केन्द्रीय बैंकले सूचनामार्फत ३६६ दिनका लागि उक्त रकम लगानी गर्न लागिएको जानकारी दिएको छ । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामा उक्त रकम लगानी गर्न लागिएको जनाएको छ ।

बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, बैंकबाट तोकिएको न्यूनतम कूल पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने शर्त पूरा गरेको हुनुपर्ने जनाइएको छ ।

बैंक तथा वित्तीय संस्थाले यही असोज ३० गते आफूले लिन चाहेको र उक्त रकम लिनका लागि प्रस्ताव गरिएको व्याजदरसमेत तोकेर आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । रासस

  himalayanvoice.com | २७ आश्विन २०८२, सोमबार २२:०८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online