ट्रेण्डिङ्ग:
|केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना|ठूला अध्यागमन प्रवर्तन कारबाहीहरू पछि ट्रम्प प्रशासन आफ्नो आप्रवासन क्र्याकडाउनलाई पुनर्मूल्यांकन गर्दै|टेकु क्षेत्रमा चल्यो डोजर|बल्खुस्थित सुकुम्बासी बस्ती भत्काइयो |मस्कोको एक्लो नेपाली रेस्टुरेन्ट ‘करी हाउस’ नेपाली स्वाद पस्किरहेको छ|सकियो ग्रामीण चलचित्र महोत्सव, ‘मोहर’ उत्कृष्ट चलचित्र|इलाम साहित्य महोत्सवको पाँचौँ संस्करण सुरु|नेपाल मेडिकल काउन्सिलद्वारा थप १९ चिकित्सकको लाइसेन्स खारेज|जनादेश अनुसार अघि बढ्न कांग्रेस प्रतिबद्ध छ : सभापति थापा|अर्थमन्त्री वाग्ले र अमेरिकी दूत सर्जियोको शिष्टाचार भेट

यस्तो रहनेछ तिहारमा मौसम सबै प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

काठमाडौँ । नेपालीको दोस्रो ठूलो पर्व तिहारमा मौसम सामान्य रहने छ । पश्चिमी वायुको प्रभावका कारण देशका केही पहाडी भूभागमा आंशिकदेखि साधारण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले उल्लेखनीय रूपमा मौसम प्रणालीको प्रभाव नपरे पनि पश्चिमी वायुका कारण पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीसम्म हुने जनाएको छ ।

तिहारको समयमा पहाडी भूभागका एकदुई स्थानमा फाटफुट वर्षा हुने र उच्च हिमाली भूभागमा हलुका वर्षा र हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले प्रकाशन गरेको यही कात्तिक ३ देखि ६ गतेसम्मको मौसम विवरणमा लक्ष्मीपूजाका दिन (कात्तिक ३ गते) देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ । कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ ।

यस्तै कात्तिक ४ गते देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ ।

कात्तिक ५ गते देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

कात्तिक ६ गते भाइटीकाका दिन कोशी र मधेस प्रदेशलगायत देशका बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । सबै प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

  himalayanvoice.com | २ कार्तिक २०८२, शनिबार २२:०९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online