ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

विपिन जोशीको पार्थिव शरीर स्वदेश ल्याइयो, चिरशान्तिको कामना विपिन जोशी २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि बन्धक बनाइएका थिए। जोशीको निधनको पुष्टि इजरायली सरकारले २०८२ असोज २८ गते (१४ अक्टोबर २०२५) मा औपचारिक रूपमा जानकारी गराएको थियो।

काठमाडौँ ।  हमासद्वारा इजरायलमा भएको आक्रमणपछि गाजातर्फ बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको पार्थिव शरीर आज अपराह्न २ः३५ बजे इजरायलबाट नेपाल ल्याइएको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित शोकसभामा प्रधानमन्त्री सुशीला कार्कीले स्व.जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्नुभयो।

प्रधानमन्त्री कार्कीले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै विपिन जोशीको निधनले सम्पूर्ण नेपाली जनमानसलाई गहिरो चोट पुर्‍याएको बताउनुभयो।

शोक सभामा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओम प्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, मुख्य सचिव एकनारायण अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, र नेपालका लागि इजरायली राजदूत महामहिम श्री श्मुलिक एरी बास लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

स्व.जोशीको पार्थिव शरीर आजै विशेष विमानमार्फत धनगढी पुर्‍याइने र त्यसपछि कञ्चनपुरस्थित उहाँको घरमा अन्तिम संस्कारका लागि लैजाने व्यवस्था मिलाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

इजरायलस्थित नेपाली राजदूतावासको समन्वय र इजरायली सरकारको सहयोगमा शव नेपाल ल्याइएको हो।

विपिन जोशी २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि बन्धक बनाइएका थिए। जोशीको निधनको पुष्टि इजरायली सरकारले २०८२ असोज २८ गते (१४ अक्टोबर २०२५) मा औपचारिक रूपमा जानकारी गराएको थियो। सो आक्रमणमा १० जना नेपाली विद्यार्थीहरूको तत्काल निधन भएको थियो।

नेपाल सरकारले विपिन जोशीको सकुशल रिहाइका लागि कूटनीतिक तथा अन्य सबै तहमा प्रयास गरेको जानकारी पनि मन्त्रालयले सार्वजनिक गरेको छ।

  himalayanvoice.com | ४ कार्तिक २०८२, सोमबार १०:३३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online