ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

लक्ष्मीपूजाका दिन एक हजार १५ मेगावाट बिजुली निर्यात प्राधिकरणका अनुसार गत वर्ष लक्ष्मीपूजाको दिन देशभरको कूल विद्युत् माग एक हजार ६०२ मेगावाट रहेको थियो ।

काठमाडौँ । तिहारलाई बत्ती, उज्यालो र फूलको पर्वका रूपमा लिइन्छ । घरघरमा दिपावली गर्ने र बत्ती जलाउने, घर उज्यालो बनाउने, फूलहरूले सजाउने यो पर्वको विशेषता र मौलिकता हो । दिपावली र बत्ती एक अर्काका परिपूरक हुन् ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजा (सोमबार) साँझ देशभर विद्युत्को कूल माग एक हजार ६५० मेगावाट बराबर रहेको छ । यस्तै, लक्ष्मीपूजाको दिन एक हजार १५ मेगावाट बिजुली निर्यात भएको छ ।

प्राधिकरणका अनुसार गत वर्ष लक्ष्मीपूजाको दिन देशभरको कूल विद्युत् माग एक हजार ६०२ मेगावाट रहेको थियो । गत वर्षभन्दा यस वर्ष लक्ष्मीपूजा साँझ कूल बिजुली माग ४८ मेगावाट बढी भएको हो । प्राधिकरणले भारत र बङ्गलादेशमा बिजुली निर्यात गर्दै आएको छ ।

  himalayanvoice.com | ५ कार्तिक २०८२, मंगलवार ००:१८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online