ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

आज  छठ पर्व अस्ताउँदो सूर्यलाई अर्घ्य दिई भव्य रुपमा देशभर मनाइँदै नयाँ कपडा, प्रसाद, फलफूल, ठकुवा, भुसुवा, नारिवल, उखु आदी सामग्रीका साथ नदी किनारमा साजसज्जा सहित बनाइएको घाटमा पूजा सामग्री राखेर बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्यसँगै दुध र जल अर्पण गर्दै सूर्यदेव र छठी मैयाको आराधना गर्नेछन्

सप्तरी । मिथिलाञ्चलको महान सांस्कृतिक तथा धार्मिक पर्व छठ सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिई भव्य रुपमा देशभर मनाइँदैछ । चार दिनसम्म मनाइने यो पर्वको आज तेस्रो दिनलाई ‘सन्ध्या अर्घ्य’ को रुपमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिई मनाउन लागिएको हो ।

यस अवसरमा सप्तरी सदरमुकाम राजविराजसहित जिल्लाको विभिन्न स्थानमा रहेका नदी, पोखरी र तलावहरलाई दुलही झैं सजाइएका छन् । व्रतालुहरुले बिहानदेखि निराहार रहेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिने तयारी गर्नुभएको छ ।

उहाँहरुले नयाँ कपडा, प्रसाद, फलफूल, ठकुवा, भुसुवा, नारिवल, उखु आदी सामग्रीका साथ नदी किनारमा साजसज्जा सहित बनाइएको घाटमा पूजा सामग्री राखेर बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्यसँगै दुध र जल अर्पण गर्दै सूर्यदेव र छठी मैयाको आराधना गर्नेछन् ।

मिथिलाञ्चलमा छठलाई ‘सूर्य उपासना र पवित्रताको पर्व’ को रुपमा लिइन्छ । यस पर्वमा व्रतालुहरूले आत्मशुद्धि, सन्तानको दीर्घायू, परिवारको सुख–शान्ति र समृद्धिको कामना गर्छन् ।

छठ पर्वमा महिलाहरुको प्रमुख भूमिका रहन्छ, जहाँ उहाँहरुले निष्ठा, संयम र भक्ति भावका साथ पूजा सम्पन्न गर्छन् । छठको चौथो दिन अर्थात् मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुनेछ ।

छठ केवल धार्मिक पर्व मात्र नभई मिथिलाञ्चलको सामाजिक एकता, संस्कार र सभ्यताको प्रतीकका रुपमा पनि स्थापित पर्व भएकाले यसमा कुनै भेदभाव नभई सबैको सहभागिता समेत हुने भएको हुँदा यसलाई समावेशी पर्वको रुपमा पनि लिइने गरिएको छ ।

  himalayanvoice.com | १० कार्तिक २०८२, आईतवार २१:५९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online