ट्रेण्डिङ्ग:
|रसुवा, नुवाकोट र धादिङमा जुधाइयो एक सय हल गोरु|मिनियापोलिसमा भइरहेको विरोध प्रदर्शन अन्त्य गर्न विद्रोह ऐन प्रयोग गर्ने ट्रम्पको धम्की|अदालतको फैसलाले प्यालेस्टिनी समर्थक कार्यकर्ता महमूद खलीलको स्वतन्त्रतामा खतरा|विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोगमा|टुँडिखेलमा थारू समुदायको माघी|मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने

आज  छठ पर्व अस्ताउँदो सूर्यलाई अर्घ्य दिई भव्य रुपमा देशभर मनाइँदै नयाँ कपडा, प्रसाद, फलफूल, ठकुवा, भुसुवा, नारिवल, उखु आदी सामग्रीका साथ नदी किनारमा साजसज्जा सहित बनाइएको घाटमा पूजा सामग्री राखेर बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्यसँगै दुध र जल अर्पण गर्दै सूर्यदेव र छठी मैयाको आराधना गर्नेछन्

सप्तरी । मिथिलाञ्चलको महान सांस्कृतिक तथा धार्मिक पर्व छठ सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिई भव्य रुपमा देशभर मनाइँदैछ । चार दिनसम्म मनाइने यो पर्वको आज तेस्रो दिनलाई ‘सन्ध्या अर्घ्य’ को रुपमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिई मनाउन लागिएको हो ।

यस अवसरमा सप्तरी सदरमुकाम राजविराजसहित जिल्लाको विभिन्न स्थानमा रहेका नदी, पोखरी र तलावहरलाई दुलही झैं सजाइएका छन् । व्रतालुहरुले बिहानदेखि निराहार रहेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिने तयारी गर्नुभएको छ ।

उहाँहरुले नयाँ कपडा, प्रसाद, फलफूल, ठकुवा, भुसुवा, नारिवल, उखु आदी सामग्रीका साथ नदी किनारमा साजसज्जा सहित बनाइएको घाटमा पूजा सामग्री राखेर बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्यसँगै दुध र जल अर्पण गर्दै सूर्यदेव र छठी मैयाको आराधना गर्नेछन् ।

मिथिलाञ्चलमा छठलाई ‘सूर्य उपासना र पवित्रताको पर्व’ को रुपमा लिइन्छ । यस पर्वमा व्रतालुहरूले आत्मशुद्धि, सन्तानको दीर्घायू, परिवारको सुख–शान्ति र समृद्धिको कामना गर्छन् ।

छठ पर्वमा महिलाहरुको प्रमुख भूमिका रहन्छ, जहाँ उहाँहरुले निष्ठा, संयम र भक्ति भावका साथ पूजा सम्पन्न गर्छन् । छठको चौथो दिन अर्थात् मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुनेछ ।

छठ केवल धार्मिक पर्व मात्र नभई मिथिलाञ्चलको सामाजिक एकता, संस्कार र सभ्यताको प्रतीकका रुपमा पनि स्थापित पर्व भएकाले यसमा कुनै भेदभाव नभई सबैको सहभागिता समेत हुने भएको हुँदा यसलाई समावेशी पर्वको रुपमा पनि लिइने गरिएको छ ।

  himalayanvoice.com | १० कार्तिक २०८२, आईतवार २१:५९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online