ट्रेण्डिङ्ग:
|रसुवा, नुवाकोट र धादिङमा जुधाइयो एक सय हल गोरु|मिनियापोलिसमा भइरहेको विरोध प्रदर्शन अन्त्य गर्न विद्रोह ऐन प्रयोग गर्ने ट्रम्पको धम्की|अदालतको फैसलाले प्यालेस्टिनी समर्थक कार्यकर्ता महमूद खलीलको स्वतन्त्रतामा खतरा|विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोगमा|टुँडिखेलमा थारू समुदायको माघी|मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने

जरुरी नभएसम्म यात्रा नगर्न मौसम विज्ञान विभागको अनुरोध प्राधिकरणले डुबान हुनसक्ने बस्तीका बासिन्दाले अग्लो र सुरक्षित स्थानबारे जानकारी लिने, अरुलाई पनि जानकारी दिने र आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मौसम प्रतिकूलताको समयमा अत्यन्त जरुरी कामबाहेक यात्रा नगर्न अनुरोध गरेको छ ।

प्राधिकरणका उपसचिव एवम् प्रवक्ता शान्ति महतले जल तथा मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण कात्तिक १३ गते बिहीबार दिउँसोदेखि कात्तिक १५ गते शनिबार बिहानसम्म कोशी, मधेस र बागमती प्रदेशको मौसम प्रभावित हुने आङ्कलन गरिएको भन्नुहुँदै सो अनुरोध गरिएको जानकारी दिनुभयो ।

जल तथा मौसम विज्ञान विभागले विशेष गरी कोशी, मधेस र बागमती प्रदेशको मौसम प्रभावित हुने देखिएको तथा उक्त प्रणालीको प्रभावबाट मधेस र कोशी प्रदेशका धेरै स्थान तथा बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको देखाएको छ ।

प्राधिकरणले डुबान हुनसक्ने बस्तीका बासिन्दाले अग्लो र सुरक्षित स्थानबारे जानकारी लिने, अरुलाई पनि जानकारी दिने र आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

यसका साथै, प्रभावित हुनसक्ने नदी किनारका बासिन्दा सतर्क रहन, धान तथा अन्य बाली नकाट्न, काटेको भए तत्काल नभित्र्याउन, तीन वटै सुरक्षा निकाय, स्थानीय तह, स्वयम्सेवकलगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयार अवस्थामा रहन समेत आग्रह गरेको छ ।

  himalayanvoice.com | १२ कार्तिक २०८२, मंगलवार १०:३८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online