ट्रेण्डिङ्ग:
|केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना|ठूला अध्यागमन प्रवर्तन कारबाहीहरू पछि ट्रम्प प्रशासन आफ्नो आप्रवासन क्र्याकडाउनलाई पुनर्मूल्यांकन गर्दै|टेकु क्षेत्रमा चल्यो डोजर|बल्खुस्थित सुकुम्बासी बस्ती भत्काइयो |मस्कोको एक्लो नेपाली रेस्टुरेन्ट ‘करी हाउस’ नेपाली स्वाद पस्किरहेको छ|सकियो ग्रामीण चलचित्र महोत्सव, ‘मोहर’ उत्कृष्ट चलचित्र|इलाम साहित्य महोत्सवको पाँचौँ संस्करण सुरु|नेपाल मेडिकल काउन्सिलद्वारा थप १९ चिकित्सकको लाइसेन्स खारेज|जनादेश अनुसार अघि बढ्न कांग्रेस प्रतिबद्ध छ : सभापति थापा|अर्थमन्त्री वाग्ले र अमेरिकी दूत सर्जियोको शिष्टाचार भेट

आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा मध्यम हिमपात हुन सक्नेछ । यस्तै, ती प्रदेशका केही स्थानमा भारी हिमपात हुने सम्भावना पनि छ ।

काठमाडौँ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

हाल देशका अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना रहेको कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ भने बाँकी प्रदेशहरूमा साधारणतया बदली रहने महाशाखाको पूर्वानुमान छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुनेछ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ । कोशी, मधेस र वाग्मती प्रदेशका केही तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको संभावना छ ।

यसैगरी, कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा मध्यम हिमपात हुन सक्नेछ । यस्तै, ती प्रदेशका केही स्थानमा भारी हिमपात हुने सम्भावना पनि छ ।

भारी वर्षा र हिमपातको पूर्वानुमान गरिएका स्थानका सर्वसाधारण एवं किसानका साथै यात्रामा निस्किएका तथा सवारीचालकलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

  himalayanvoice.com | १४ कार्तिक २०८२, बिहीबार २३:१९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online