ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा आयोजना हुने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा आयोजना हुने भएको छ ।

नेकपा एमालेको आज बसेको केन्द्रीय सचिवालय बैठकले आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा हुने भनिएको पार्टी महाधिवेशन स्थल परिवर्तन गर्दै काठमाडौँ आयोजना गर्ने निर्णय गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो ।

पार्टी उपमहासचिव ज्ञवालीले महाधिवेशनका लागि ६ लाख ६७ हजारभन्दा बढी पार्टी सदस्यहरूबाट प्रतिनिधि चयन गरिने पनि बताउनुभयो ।

यस्तै, बैठकले प्रतिनिधिसभा पुनः स्थापनाका लागि दबाब स्वरूप मङ्सिर ६ गते काठमाडौँमा जनसभा गर्ने निर्णय गरेको छ ।

उपमहासचिव ज्ञवालीले संविधानको रक्षा र लोकतन्त्रको जगेर्नाको लागि वडादेखि केन्द्रसम्म जनपरिचालन गर्ने निर्णय बैठकले गरेको बताउनुभयो ।

पार्टिकले दबाब कार्यक्रम स्वरूप कात्तिक २१ गते देशभरका वडा, कात्तिक २५ गते पालिकाहरूमा जनसभा तथा प्रदर्शन गर्ने, कात्तिक २९ गते जिल्ला र मङ्सिर ६ गते काठमाडौँमा जनसभा गर्ने निर्णय भएको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो ।

  himalayanvoice.com | १६ कार्तिक २०८२, शनिबार ११:०५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online