ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

एमालेद्वारा महेश बस्नेतको नेतृत्वमा ‘यूथ भोलेन्टियर फोर्स’ घोषणा

भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले ‘यूथ भोलेन्टियर फोर्स’ गठनको घोषणा गरेको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा भक्तपुरको गुण्डुमा जनसङ्गठन समन्वय संयन्त्रले आज आयोजना गरेको विशेष भेलाले फोर्स गठनको घोषणा गरेको हो ।

एमालेको शनिवार बसेको सचिवालय बैठकले गरेको निर्णय आजै कार्यान्वयन गर्दै एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको नेतृत्वमा आज नौ सदस्यीय कमिटी घोषणा गरिएको हो ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य एवं जनसङ्गठन समन्वय संयन्त्रका इन्चार्ज भानुभक्त ढकालले बस्नेतको संयोजकत्वमा विनोद पाण्डे, शमिक बडाल, मीनबहादुर शाही, पुष्प श्रेष्ठ, वचन देउजा, विनिता काफ्ले, महेश चौलागाईं, निशा लिम्बू गरी नौ जना सदस्य रहने गरी कार्यसमिति घोषणा गरिएको बताउनुभयो ।

उहाँले जिल्ला जिल्लामा फोर्स गठन गरी देश, पार्टी र पार्टी नेताको सुरक्षाका साथै देशमा सामाजिक सेवामा समर्पित रहने गरी फोर्सको परिचालन गरिने बताउनुभयो । विशुद्ध सामाजिक सेवा र जनतासँग प्रत्यक्ष जोडिने गरी फोर्स परिचालन हुने भन्दै ढकालले कम्तीमा एक लाख युवा कार्यकर्ता फोर्समा आबद्ध गराइने बताउनुभयो ।

नेता बस्नेतले भक्तपुरबाट पहिलो पटक यूथ भोलेन्टियर फोर्सको घोषणा गरेको बताउँदै भक्तपुरबाहेक ललितपुर, काठमाडौँ, काभ्रे, रामेछापलगायतका जिल्लामा घोषणा तयारी भइरहेको र सबै जिल्लामा क्रमशः घोषणा गर्ने बताउनुभयो ।

उहाँले आगामी मङ्सिर ५ गते बानेश्वरबाट फोर्सको औपचारिक घोषणा गर्ने र फोर्सलाई ६ गते काठमाडौँमा हुने पार्टीको बागमती प्रदेशको भेला तथा पार्टीको महाधिवेशनमा परिचालन गरिने बताउनुभयो ।

कार्यक्रममा एमाले ओलीले गुण्डुमा पार्टी नेताका सुरक्षाका लागि खटिएका भूपू सैनिक सङ्गठन, युवा सङ्घ, एमाले भक्तपुर जिल्ला कमिटीलगायतलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

  himalayanvoice.com | १७ कार्तिक २०८२, आईतवार १०:२५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online