ट्रेण्डिङ्ग:
|केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना|ठूला अध्यागमन प्रवर्तन कारबाहीहरू पछि ट्रम्प प्रशासन आफ्नो आप्रवासन क्र्याकडाउनलाई पुनर्मूल्यांकन गर्दै|टेकु क्षेत्रमा चल्यो डोजर|बल्खुस्थित सुकुम्बासी बस्ती भत्काइयो |मस्कोको एक्लो नेपाली रेस्टुरेन्ट ‘करी हाउस’ नेपाली स्वाद पस्किरहेको छ|सकियो ग्रामीण चलचित्र महोत्सव, ‘मोहर’ उत्कृष्ट चलचित्र|इलाम साहित्य महोत्सवको पाँचौँ संस्करण सुरु|नेपाल मेडिकल काउन्सिलद्वारा थप १९ चिकित्सकको लाइसेन्स खारेज|जनादेश अनुसार अघि बढ्न कांग्रेस प्रतिबद्ध छ : सभापति थापा|अर्थमन्त्री वाग्ले र अमेरिकी दूत सर्जियोको शिष्टाचार भेट

मौसमः पश्चिमी वायुको प्रभाव कायमै विभागकाअनुसार देशका पहाडी भू–भागमा आशिंक बदली रहनेछ । यसैगरी धेरै जसो स्थानमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागकाअनुसार देशका पहाडी भू–भागमा आशिंक बदली रहनेछ । यसैगरी धेरै जसो स्थानमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

बङ्गालको खाडीमा विकसित ‘मोन्था चक्रवातका’ का कारण वर्षा हुँदा केही दिन जनजीवन प्रभावित भएको थियो । हिमाली क्षेत्रमा वर्षासँगै हिमपातसमेत भएको थियो । हिमपातका कारण मनाङ्को डिस्याङ गाउँपालिका–९ स्थित तिलिचो तालको आधार शिविरमा आन्तरिक तथा बाह्य गरी १३ जना पर्यटक फसेका थिए । उनीहरुलाई सशस्त्र प्रहरीको पर्वतीय उद्धार तालिम केन्द्र शिक्षालय मनाङको टोलीले उद्धार गरेको थियो ।

राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण तथा व्यववस्थापन प्राधिकरणका अनुसार यही कात्तिक १५ गते बिहानदेखि १६ गते बिहानसम्म देशभरका ३०१ वर्षा मापन केन्द्रमा वर्षाको विवरण मापन गरिएको थियो । त्यसमध्ये १८५ वटा वर्षा मापन केन्द्रले उल्लेख्य मात्रामा वर्षाको विवरण उपलब्ध गराएको छ ।

तीमध्ये सबैभन्दा बढी वर्षा लमजुङको बेंसीशहर केन्द्रमा ७१ दशमलव १ मिलिमिटर वर्षा भएको थियो । वर्षा मापन गरिएका केन्द्रमध्ये चार वटा केन्द्रमा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको थियो । रासस

  himalayanvoice.com | १७ कार्तिक २०८२, आईतवार २२:४४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online