ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

माओवादी केन्द्रका संयोजक दाहाल र नेकपा एसका अध्यक्ष नेपालबीच छलफल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आज भएको छलफलमा यही कात्तिक १९ गते भृकुटीमण्डपमा हुने एकता राष्ट्रिय सम्मेलनको तयारी, आठ वाम शक्तिको एकतासभा, घोषणापत्र, अन्तरिम विधान पारित, केन्द्रीय समितिको गठनलगायतका विषयमा कुराकानी भएको एकीकृत समाजवादीका नेता ताजमोहम्मद मियाँले जानकारी दिनुभयो ।

मुलुकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका वामपन्थी ध्रुवीकरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिबारे समीक्षा गरिएको मियाँले बताउनुभयो ।

दुई पार्टीका प्रमुखबीचको भेटघाटमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच भएका सहकार्य तथा वाम एकतापछिको सैद्धान्तिक आधार र प्रक्रियागत विषयमा समेत छलफल भएको थियो ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत आठ वाम पार्टीबीच एकीकरण गर्ने सैद्धान्तिक सहमतिपछि भएको छलफलमा अन्य कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्न भएका प्रयास, अन्तर्राष्ट्रिय तहमा शक्ति राष्ट्रबीच भएका युद्ध र त्यसको प्रभावबारे छलफल गरिएको जनाइएको छ । रासस

  himalayanvoice.com | १८ कार्तिक २०८२, सोमबार १०:०९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online