ट्रेण्डिङ्ग:
|रसुवा, नुवाकोट र धादिङमा जुधाइयो एक सय हल गोरु|मिनियापोलिसमा भइरहेको विरोध प्रदर्शन अन्त्य गर्न विद्रोह ऐन प्रयोग गर्ने ट्रम्पको धम्की|अदालतको फैसलाले प्यालेस्टिनी समर्थक कार्यकर्ता महमूद खलीलको स्वतन्त्रतामा खतरा|विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोगमा|टुँडिखेलमा थारू समुदायको माघी|मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने

यलुङ रि हिमाल आरोहणका क्रममा बेपत्ता ६ जनाको सकुशल उद्दार

दोलखा । दोलखाको रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ रि हिमाल आरोहणका क्रममा बेपत्ता भएका ६ जनाको सकुशल उद्दार गरिएको छ।

सोमबार बिहान हिमपहिरोमा परी ७ जनाको मृत्यु, ४ जना बेपत्ता, र ४ जना घाइते भएका थिए।

बेपत्ता र घाइतेहरूको खोजी तथा उद्दारका लागि सोमवार दिउँसो नै ना गाउँमा हेलिकप्टर पुगेको भए पनि खराब मौसमका कारण तत्काल उद्दार कार्य सम्भव भएको थिएन। त्यसपछि हेलिकप्टरमार्फत केही शेर्पा गाइडहरूलाई खोजी तथा उद्दारका लागि यलुङ रि हिमाल क्षेत्रमा पु¥याइएको थियो।

मंगलवार बिहान बेपत्ता र घाइतेमध्ये ३ जना विदेशी र ३ जना नेपाली गरी ६ जनाको सकुशल उद्दार गरी ना गाउँमा ल्याइएको नेपाली सेनाको गरुड दल गणका गणपति कर्णेल लोक सागर कटुवालले जानकारी दिनुभयो।

गत कार्तिक ११ गते विभिन्न समूहमा १५ जना नेपाली र विदेशी आरोहीहरू दोलखाको गौरीशङ्कर गाउँपालिका–९ मा पर्ने रोल्वालिङ क्षेत्रस्थित ५,६३० मिटर उचाइको यलुङ रि हिमाल आरोहणका लागि गएका थिए।

सोमबार बिहान ४ बजे बेसक्याम्पबाट प्रस्थान गरेको उक्त टोली बिहान ८ बजेतिर हिमालको चुचुरो पुग्ने क्रममा हिमपहिरोमा परेको थियो।

बेपत्ता र घाइतेहरूको खोजी तथा उद्दारका लागि सोमवार दिउँसो नै लामाबगरबाट नेपाली सेनाका ३५ जना, सशस्त्र प्रहरीका १० जना, र नेपाल प्रहरीका ५ जना को संयुक्त टोली यलुङ रि हिमालतर्फ गएको गणपति कटुवालले बताउनुभयो।

  himalayanvoice.com | १८ कार्तिक २०८२, सोमबार २३:२५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online