ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

एक लाख ४६ हजारभन्दा बढी नयाँ मतदाता थपिए २०८२ साल कात्तिक २१ गतेसम्म नयाँ दर्ता भएका कुल मतदाताको सङ्ख्या एक लाख ४६ हजार ६५७ जना छन् । 

काठमाडौँ । निर्वाचन आयोग नेपालले आज नयाँ मतदाता दर्ता विवरण सार्वजनिक गरेको छ। 

आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार २०८२ साल कात्तिक २१ गतेसम्म नयाँ दर्ता भएका कुल मतदाताको सङ्ख्या एक लाख ४६ हजार ६५७ जना छन् ।

यसमध्ये ८७ हजार हजार ९७४ जना पुरुष, ५८ हजार ६६३ जना महिला र अन्य २० जना छन्।

त्यसैगरी, कात्तिक २१ गते एकै दिन १० हजार ५९३ जना नयाँ मतदाता थपिएका छन् । जसमध्ये ६ हजार १०७ पुरुष, ४ हजार ४८४ महिला र अन्य २ जना थपिएको जानकारी प्रवक्ता भट्टराईले दिनुभयो ।

निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता दर्ता प्रक्रियालाई अझ सक्रिय र पारदर्शी बनाउन यस किसिमका तथ्यांकहरू सार्वजनिक गर्दै आएको छ।

आयोगका अनुसार मतदाता दर्ता प्रक्रिया भौतिक रूपमा आयोग कार्यालय तथा अनलाइनमार्फत समेत गर्न सकिन्छ। मतदाता दर्ता भएकाले मात्रै आगामी फागुन २१ को निर्वाचनमा आफ्नो मतदान अधिकार प्रयोग गर्न सक्नेछन्। नयाँ मतदाता नामावली संकलन गर्ने अवधि २०८२ कात्तिक ३० गतेसम्म छ ।

  himalayanvoice.com | २२ कार्तिक २०८२, शुक्रबार ११:०१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online