ट्रेण्डिङ्ग:
|रसुवा, नुवाकोट र धादिङमा जुधाइयो एक सय हल गोरु|मिनियापोलिसमा भइरहेको विरोध प्रदर्शन अन्त्य गर्न विद्रोह ऐन प्रयोग गर्ने ट्रम्पको धम्की|अदालतको फैसलाले प्यालेस्टिनी समर्थक कार्यकर्ता महमूद खलीलको स्वतन्त्रतामा खतरा|विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोगमा|टुँडिखेलमा थारू समुदायको माघी|मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने

एक लाख ४६ हजारभन्दा बढी नयाँ मतदाता थपिए २०८२ साल कात्तिक २१ गतेसम्म नयाँ दर्ता भएका कुल मतदाताको सङ्ख्या एक लाख ४६ हजार ६५७ जना छन् । 

काठमाडौँ । निर्वाचन आयोग नेपालले आज नयाँ मतदाता दर्ता विवरण सार्वजनिक गरेको छ। 

आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार २०८२ साल कात्तिक २१ गतेसम्म नयाँ दर्ता भएका कुल मतदाताको सङ्ख्या एक लाख ४६ हजार ६५७ जना छन् ।

यसमध्ये ८७ हजार हजार ९७४ जना पुरुष, ५८ हजार ६६३ जना महिला र अन्य २० जना छन्।

त्यसैगरी, कात्तिक २१ गते एकै दिन १० हजार ५९३ जना नयाँ मतदाता थपिएका छन् । जसमध्ये ६ हजार १०७ पुरुष, ४ हजार ४८४ महिला र अन्य २ जना थपिएको जानकारी प्रवक्ता भट्टराईले दिनुभयो ।

निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता दर्ता प्रक्रियालाई अझ सक्रिय र पारदर्शी बनाउन यस किसिमका तथ्यांकहरू सार्वजनिक गर्दै आएको छ।

आयोगका अनुसार मतदाता दर्ता प्रक्रिया भौतिक रूपमा आयोग कार्यालय तथा अनलाइनमार्फत समेत गर्न सकिन्छ। मतदाता दर्ता भएकाले मात्रै आगामी फागुन २१ को निर्वाचनमा आफ्नो मतदान अधिकार प्रयोग गर्न सक्नेछन्। नयाँ मतदाता नामावली संकलन गर्ने अवधि २०८२ कात्तिक ३० गतेसम्म छ ।

  himalayanvoice.com | २२ कार्तिक २०८२, शुक्रबार ११:०१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online