ट्रेण्डिङ्ग:
|गण्डकी फुटसलको फाइनलमा प्लस–२ तर्फ चिल्ड्रेन लाइफ र कलेजतर्फ इन्फरमेटिक्सलाई उपाधि|वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात|नेपालीहरूको सुरक्षा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेका छौ : परराष्ट्र मन्त्रालय|फागुन शुक्ल पूर्णिमा: ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण, मिथुन, वृश्चिक र मीन राशिका मानिसलाई शुभ फल|निर्वाचनको सम्पूर्ण तयारी पूरा : २३ हजार बढी मतदान केन्द्रमा पुगे कर्मचारी|मतदानका दिन मौसम सफा रहने पूर्वानुमान|धनगढीमा दुई समूहबिच झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर|मध्यपूर्व तनावका कारण एनआरएनए निर्वाचन तालिकामा परिमार्जन|नेपाली दूतावास यूएईका अनुसार अहिलेको अवस्थामा ओभरस्टे भएकालाई फाइन लाग्दैन|सिनेट सुनुवाइमा कडा प्रश्नहरूको जवाफ दिदै नोएमले मिनियापोलिस अराजकताको लागि ‘हिंसक प्रदर्शनकारीहरू’ लाई दोष दिईन

एमसिए नेपालले बनाउने प्रसारण लाइनका क्षेत्रमा रुख रोप्न नपाइने

काठमाडौँ । सरकारले एमसिए नेपालले निर्माण गर्ने ४ सय के भि विद्युत् प्रसारण लाइनको मध्य रेखाबाट दायाँ–बायाँ २३/२३ मिटरमा पर्ने जग्गामा रूख रोप्न र कुनै संरचना बनाउन निषेध गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को हिजो कार्तिक २४ गते सोमबार बसेको बैठकले प्रसारण लाइनका लागि आवश्यक करिब १ हजार ३ सय ८१ हेक्टर क्षेत्रफल जग्गामा रुख रोप्न र संरचना बनाउन नपाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले एमसिए नेपालले निर्माण गर्ने ४ सय के भि विद्युत् प्रसारण लाइन नवलपरासी, पाल्पा, चितवन, धादिङ, सिन्धुपाल्चोक, काठमाडौँ, नुवाकोट र मकवानपुर जिल्लामा पर्ने बताउनुभयो ।

यस्तै मन्त्रिपरिषद् बैठकले जिल्ला प्रशासन कार्यालय स्याङ्जाको कार्यालय रहेको जग्गाका धनी श्यामप्रसाद श्रेष्ठलाई क्षतिपूर्ति बापत १ करोड रुपैयाँ उपलब्ध गराउने, साबिक रेशम खेती विकास कार्यक्रम धनकुटाको नाममा दर्ता रहेको करिब २५ रोपनी जग्गा प्रादेशिक अस्पताल निर्माणका लागि उपयोग गर्न स्वीकृति दिने लगायतका निर्णयहरू गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री खरेलले जानकारी दिनुभयो ।

  himalayanvoice.com | २६ कार्तिक २०८२, मंगलवार ११:३१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online