ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

मधेस प्रदेश सरकार गठन विरुद्ध सर्वोच्चमा मुद्धा दायर नेपाली काँग्रेस सहित सात दलले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार बन्ने सम्भावना रहेकाले सोही अनुसार गठन गर्नुपर्ने अवस्था हुँदाहुँदै प्रदेश प्रमुखले उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा सरोज कुमार यादवलाई नियुक्त गरेको भन्दै उत्प्रेषण परमादेश मुद्दा दायर गरेको छ ।

जनकपुरधाम । मधेस प्रदेश सरकार गठनको विरुद्धमा सात दलले आज संयुक्त रूपमा सर्वोच्च अदालतमा मुद्धा दायर गरेको छ ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठुलो दलको हैसियतले नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादवलाई नियुक्त गरी महोत्तरी र सिन्धुलीको सिमानामा पर्ने एक होटेलमा शपथ ग्रहण गराएपछि सात दलले विरोध गर्दै आज सर्वोच्च अदालतमा नियुक्ति बदरको माग गर्दै मुद्दा दायर गरेको हो ।

नेपाली काँग्रेस सहित सात दलले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार बन्ने सम्भावना रहेकाले सोही अनुसार गठन गर्नुपर्ने अवस्था हुँदाहुँदै प्रदेश प्रमुखले उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा सरोज कुमार यादवलाई नियुक्त गरेको भन्दै उत्प्रेषण परमादेश मुद्दा दायर गरेको छ ।

मधेस प्रदेशमा रहेका ७३ जना प्रदेश सभा सदस्यको हस्ताक्षर सहित सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने काम भएको कानुन व्यवसायी दिपेन्द्र झाले जानकारी दिनुभएको छ ।

नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव, जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता सरोज कुमारी यादव, प्रदेशसभा सदस्य मनिष सुमन, माओवादी केन्द्रका उपनेता युवराज भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका संसदीय दलका नेता जैनुल राइन सर्वोच्च अदालत मुद्दा दर्ताका लागि पुग्नुभएको थियो ।

  himalayanvoice.com | २६ कार्तिक २०८२, मंगलवार ११:३५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online