ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

कांग्रेस महिला नेत्रीहरूद्वारा महाधिवेशनको मिति तोक्न माग नेत्रीहरूले वर्तमान केन्द्रीय समितिको अवधि लम्ब्याउँदै महाधिवेशन चुनावपछि सार्ने योजना बनाइएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनीहरूले आसन्न निर्वाचनमा पुरानो नेतृत्व र नीतिका साथ होइन, नयाँ नेतृत्व र नयाँ एजेन्डासहित जनतासमक्ष जानुपर्नेमा जोड दिएका छन् ।

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको मिति तोक्न ढिलाइ भइरहेको भन्दै पार्टीका महिला नेत्रीहरूले आज काठमाडौँमा सामूहिक भेला गरेका छन्।

नेत्री कमला पन्तको संयोजकत्वमा भएको भेलामा सहभागी नेत्रीहरूले पार्टी नेतृत्वले विशेष महाधिवेशनको मिति तत्काल तोक्नुपर्ने माग राखेका छन्।

उनीहरूले मिति तोक्ने विषयमा केन्द्रीय कार्यसमिति ढिलो हुँदा संगठनभित्र असन्तोष बढेको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका हुन्।

भेलामा काठमाडौँमा रहेका साथै बाहिरी जिल्लाबाट आएका महाधिवेशन चाहने महिला नेत्रीहरूको उल्लेखनीय सहभागिता थियो।

नेत्रीहरूले वर्तमान केन्द्रीय समितिको अवधि लम्ब्याउँदै महाधिवेशन चुनावपछि सार्ने योजना बनाइएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनीहरूले आसन्न निर्वाचनमा पुरानो नेतृत्व र नीतिका साथ होइन, नयाँ नेतृत्व र नयाँ एजेन्डासहित जनतासमक्ष जानुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक गत असोज २८ गतेदेखि निरन्तर जारी छ र अब कात्तिक २९ गते शनिबार बस्ने छ।

  himalayanvoice.com | २८ कार्तिक २०८२, बिहीबार ११:२९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online