ट्रेण्डिङ्ग:
|केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना|ठूला अध्यागमन प्रवर्तन कारबाहीहरू पछि ट्रम्प प्रशासन आफ्नो आप्रवासन क्र्याकडाउनलाई पुनर्मूल्यांकन गर्दै|टेकु क्षेत्रमा चल्यो डोजर|बल्खुस्थित सुकुम्बासी बस्ती भत्काइयो |मस्कोको एक्लो नेपाली रेस्टुरेन्ट ‘करी हाउस’ नेपाली स्वाद पस्किरहेको छ|सकियो ग्रामीण चलचित्र महोत्सव, ‘मोहर’ उत्कृष्ट चलचित्र|इलाम साहित्य महोत्सवको पाँचौँ संस्करण सुरु|नेपाल मेडिकल काउन्सिलद्वारा थप १९ चिकित्सकको लाइसेन्स खारेज|जनादेश अनुसार अघि बढ्न कांग्रेस प्रतिबद्ध छ : सभापति थापा|अर्थमन्त्री वाग्ले र अमेरिकी दूत सर्जियोको शिष्टाचार भेट

म्यारिज ब्यूरो चलाएको आरोपमा चार चिनियाँ पक्राउ उनीहरूले विवाहका लागि केही महिलाहरूलाई चीनसमेत पठाइसकेको खुल्न आएको छ । पक्राउ पर्नेमा एक महिला र तीन पुरुष रहेको र त्यसमध्ये केही व्यक्ति भने लामो समयदेखि फरकफरक भिसामा आउजाउ गरेको पाइएको पनि विभागले बताएको छ ।

काठमाडौँ । काठमाडौँको सोह्रखुट्टेमा म्यारिज ब्यूरो सञ्चालन गरेको आरोपमा चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

व्यवसायसम्बन्धीको भिसा लिएर आएका उनीहरूले म्यारिज ब्यूरो चलाएको भन्ने विशेष सूचनाका आधारमा खटिएको अध्यागमन विभागको टोलीले उनीहरूलाई पक्राउ गरी अहिले हिरासतमा राखेको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।

उहाँले उनीहरूलाई शुक्रबार साँझ पक्राउ गरी अहिले अनुसन्धानकै क्रममा रहेको पनि जानकारी दिनुभयो । उनीहरूले गरिब तथा विपन्न परिवार र विकट क्षेत्रका युवतीहरूलाई चिनियाँ नागरिकसँग बिहे गराउने गरेको भन्ने सूचना प्राप्त भएको र त्यस विषयमा के हो भनेर अनुसन्धान जारी रहेको छ ।

उनीहरूले विवाहका लागि केही महिलाहरूलाई चीनसमेत पठाइसकेको खुल्न आएको छ । पक्राउ पर्नेमा एक महिला र तीन पुरुष रहेको र त्यसमध्ये केही व्यक्ति भने लामो समयदेखि फरकफरक भिसामा आउजाउ गरेको पाइएको पनि विभागले बताएको छ ।

  himalayanvoice.com | २९ कार्तिक २०८२, शुक्रबार २१:५६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online