ट्रेण्डिङ्ग:
|केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना|ठूला अध्यागमन प्रवर्तन कारबाहीहरू पछि ट्रम्प प्रशासन आफ्नो आप्रवासन क्र्याकडाउनलाई पुनर्मूल्यांकन गर्दै|टेकु क्षेत्रमा चल्यो डोजर|बल्खुस्थित सुकुम्बासी बस्ती भत्काइयो |मस्कोको एक्लो नेपाली रेस्टुरेन्ट ‘करी हाउस’ नेपाली स्वाद पस्किरहेको छ|सकियो ग्रामीण चलचित्र महोत्सव, ‘मोहर’ उत्कृष्ट चलचित्र|इलाम साहित्य महोत्सवको पाँचौँ संस्करण सुरु|नेपाल मेडिकल काउन्सिलद्वारा थप १९ चिकित्सकको लाइसेन्स खारेज|जनादेश अनुसार अघि बढ्न कांग्रेस प्रतिबद्ध छ : सभापति थापा|अर्थमन्त्री वाग्ले र अमेरिकी दूत सर्जियोको शिष्टाचार भेट

पाख्रिबासमा माइक्रोबस दुर्घटना : १४ घाइते, तीनको अवस्था गम्भीर घाइते यात्रुलाई स्थानीयको सहयोगमा तत्काल उद्धार गरी विभिन्न सवारी साधनमार्फत उपचारका लागि जिल्ला अस्पताल धनकुटातर्फ पठाइएको इलाका प्रहरी कार्यलय पाख्रिवासका इन्चार्ज सहि नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।  

धनकुटा  । धनकुटाको पाख्रिबास नगरपालिका–५ भैंसेस्थित मध्यपहाडी लोकमार्गमा शुक्रबार बिहान भएको यात्रुवाहक सवारी दुर्घटनामा १४ जना घाइते भएका छन् ।

घाइतेमध्ये ३ जना अवस्था गम्भीर परहेको प्रहरीले जनाएको छ । शुक्रबार बिहान करिब ६ः३० बजे काठमाडौँबाट खाँदबारीतर्फ जाँदै गरेको बा ४ ख ५५०२ नम्बरको सप्तकोशी माइक्रोबस अनियन्त्रित भई करिब ६०–७० मिटर तल खसेपछि दुर्घटना भएको हो ।

घाइते यात्रुलाई स्थानीयको सहयोगमा तत्काल उद्धार गरी विभिन्न सवारी साधनमार्फत उपचारका लागि जिल्ला अस्पताल धनकुटातर्फ पठाइएको इलाका प्रहरी कार्यलय पाख्रिवासका इन्चार्ज सहि नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

घाइतेहरूको विस्तृत विवरण खुल्न बाँकी रहेको छ । दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । दुर्घटनोस्थल पाख्रिबास बजारबाट झण्डै १९ किलोमिटर उत्तरपूर्व तर्फ पर्छ ।

  himalayanvoice.com | ५ मंसिर २०८२, बिहीबार २१:४१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online