ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

दल दर्ता गराउने नेपाली कांग्रेसको निर्णय निर्वाचन आयोगमा दल दर्ता गर्ने लगायतका कानुन बमोजिमका सम्पूर्ण प्रक्रिया पूरा गर्न केन्द्रीय कार्यालयका मुख्य सचिवलाई बैठकले जिम्मेवारी दिएको छ । 

काठमाडौँ  । नेपाली कांग्रेसले आउँदै गरेको निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउने निर्णय गरेको छ ।

शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन र माघ ११  हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

निर्वाचन आयोगमा दल दर्ता गर्ने लगायतका कानुन बमोजिमका सम्पूर्ण प्रक्रिया पूरा गर्न केन्द्रीय कार्यालयका मुख्य सचिवलाई बैठकले जिम्मेवारी दिएको छ ।

कांग्रेस बैठकले २८ असोजमा सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरेको लिखित मन्तव्यलाई स्वागतसहित अनुमोदन गरेको छ ।

जेनजी आन्दोलनका क्रममा भएको आक्रमण, लुटपाट र आगजनीका विध्वंसकारी घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गरी कानुनबमोजिम कारबाही गर्न तथा पीडितलाई उचित क्षतिपूर्तिसहित न्याय उपलब्ध गराउन सरकारसँग गरेको छ ।

जेनजी पुस्ताले आन्दोलनमार्फत् उठाएका भ्रष्टाचारको अन्त्य, सुशासन, पारदर्शिता र सूचनाको हकको सुनिश्चितताजस्ता प्रमुख विषय स्वाभाविक वैध र आम नागरिकका आवाज भएको कांग्रेसको निष्कर्ष छ ।

जेनजी प्रदर्शनका क्रममा सहादत प्राप्त शहीदहरूप्रति श्रद्धान्जली अर्पण गर्दै मृतक परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न, घाइतेहरूको नि:शुल्क उपचार गर्न पनि माग गरेको छ ।

  himalayanvoice.com | ७ मंसिर २०८२, शनिबार १०:५२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online