ट्रेण्डिङ्ग:
|रसुवा, नुवाकोट र धादिङमा जुधाइयो एक सय हल गोरु|मिनियापोलिसमा भइरहेको विरोध प्रदर्शन अन्त्य गर्न विद्रोह ऐन प्रयोग गर्ने ट्रम्पको धम्की|अदालतको फैसलाले प्यालेस्टिनी समर्थक कार्यकर्ता महमूद खलीलको स्वतन्त्रतामा खतरा|विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोगमा|टुँडिखेलमा थारू समुदायको माघी|मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने

दल दर्ता गराउने नेपाली कांग्रेसको निर्णय निर्वाचन आयोगमा दल दर्ता गर्ने लगायतका कानुन बमोजिमका सम्पूर्ण प्रक्रिया पूरा गर्न केन्द्रीय कार्यालयका मुख्य सचिवलाई बैठकले जिम्मेवारी दिएको छ । 

काठमाडौँ  । नेपाली कांग्रेसले आउँदै गरेको निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउने निर्णय गरेको छ ।

शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन र माघ ११  हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

निर्वाचन आयोगमा दल दर्ता गर्ने लगायतका कानुन बमोजिमका सम्पूर्ण प्रक्रिया पूरा गर्न केन्द्रीय कार्यालयका मुख्य सचिवलाई बैठकले जिम्मेवारी दिएको छ ।

कांग्रेस बैठकले २८ असोजमा सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरेको लिखित मन्तव्यलाई स्वागतसहित अनुमोदन गरेको छ ।

जेनजी आन्दोलनका क्रममा भएको आक्रमण, लुटपाट र आगजनीका विध्वंसकारी घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गरी कानुनबमोजिम कारबाही गर्न तथा पीडितलाई उचित क्षतिपूर्तिसहित न्याय उपलब्ध गराउन सरकारसँग गरेको छ ।

जेनजी पुस्ताले आन्दोलनमार्फत् उठाएका भ्रष्टाचारको अन्त्य, सुशासन, पारदर्शिता र सूचनाको हकको सुनिश्चितताजस्ता प्रमुख विषय स्वाभाविक वैध र आम नागरिकका आवाज भएको कांग्रेसको निष्कर्ष छ ।

जेनजी प्रदर्शनका क्रममा सहादत प्राप्त शहीदहरूप्रति श्रद्धान्जली अर्पण गर्दै मृतक परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न, घाइतेहरूको नि:शुल्क उपचार गर्न पनि माग गरेको छ ।

  himalayanvoice.com | ७ मंसिर २०८२, शनिबार १०:५२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online