ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

एमाले अध्यक्ष केपी शर्मा ओलीको एनआरएनए एकता दिगो र स्थायी हुनुपर्नेमा जोड

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको एकता दिगो र स्थायी हुनुपर्नेमा जोड दिएका छन्। बुधवार गुण्डुमा गैरआवासीय नेपाली संघको एक प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै उनले संघको अभियान राजनीतिक हस्तक्षेपका कारण गिजोलिँदै आएको बताउँदै अब राजनीतिक हस्तक्षेप रोकिएर संस्था विधानअनुसार चल्नुपर्ने आवश्यकता दोहोर्याए।

ओलीले आगामी महाधिवेशनमा सबै पक्षलाई समेटेर एकताको सन्देश दिन आग्रह गर्दै संस्थामा गैरराजनीतिक, सामाजिक भावनाले काम गर्ने नेतृत्व आउनुपर्ने बताए। उनले भने, “मैले पहिले देखिनै भनिरहेको छु, संस्था विधानअनुसार चल्नु पर्छ। यो बुढा अध्यक्ष भएपछि बुढी अध्यक्ष बनाउने संस्था होइन।” साथै उनले “समृद्ध नेपाल, सुखी नेपाली” बनाउने राष्ट्रिय अभियानमा गैरआवासीय नेपालीहरूको निरन्तर साथ र योगदानको अपेक्षा व्यक्त गरे।

भेटका क्रममा प्रतिनिधिमण्डलले संघ अब एकजुट भइसकेकाले गैरआवासीय नेपाली नागरिकता, मताधिकार र लगानीसम्बन्धी विषयमा छिटो सकारात्मक निर्णयका लागि सरकारको सहयोग माग गर्‍यो। संघका अध्यक्ष डा. बद्री केसीले संस्था एक ढिक्का भएर अघि बढिरहेको बताउँदै नागरिकता तथा लगानीसम्बन्धी थाती मुद्दाहरू समाधान गर्न सहयोग आवश्यक भएको उल्लेख गरे। अर्का अध्यक्ष महेश कुमार श्रेष्ठले सर्वोच्च अदालतले समेत टुङ्ग्याउन नसकेको विवाद स्वस्फूर्त रूपमा मिलाइएको र अब सबैले महसुस गर्नेगरी वास्तविक एकता कायम भएको बताए।

उपाध्यक्ष डा. विनोद श्रेष्ठले नेपालमा आर्थिक र सीप–लगानी प्रवाह गर्न राज्यले आवश्यक सहयोग गर्नुपर्ने उल्लेख गर्दै एकता पछि उठेका मागहरू ठोस निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे। भेटघाटमा संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्षहरू, सल्लाकारहरु, वर्तमान तथा पूर्वपदाधिकारीहरू तथा गैरआवासीय नेपालीहरूको उल्लेख्य उपस्थिति थियो।

  himalayanvoice.com | १९ मंसिर २०८२, बिहीबार १३:१८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online