ट्रेण्डिङ्ग:
|रसुवा, नुवाकोट र धादिङमा जुधाइयो एक सय हल गोरु|मिनियापोलिसमा भइरहेको विरोध प्रदर्शन अन्त्य गर्न विद्रोह ऐन प्रयोग गर्ने ट्रम्पको धम्की|अदालतको फैसलाले प्यालेस्टिनी समर्थक कार्यकर्ता महमूद खलीलको स्वतन्त्रतामा खतरा|विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोगमा|टुँडिखेलमा थारू समुदायको माघी|मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने

मधेश प्रदेशको छैटौँ मुख्यमन्त्रीमा काँग्रेस नेता कृष्ण प्रसाद यादव नियुक्त दाबी पेश गर्नेहरूमा नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी दल रहेका छन् ।

जनकपुरधाम । मधेश प्रदेश प्रमुख प्राध्यापक डा. सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्रीमा नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादवलाई नियुक्त गर्नुभएको छ । प्रदेश प्रमुख डा कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मधेश प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादवलाई नियुक्त गर्नुभएको हो ।

त्यसअघि नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्न सात दलले ७७ जना प्रदेश सभा सदस्यको समर्थनसहित  प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए ।

दाबी पेश गर्नेहरूमा नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी दल रहेका छन् । यस अघि सात दलीय गठबन्धनमा रहेका नागरिक उन्मुक्ति पार्टीकी उर्मिला सिंह बाटोमै भएका कारण दाबी पत्रमा उहाँको हस्ताक्षर हुन बाँकी रहे पनि समर्थन रहेको ६ दलका नेताहरूले बताउनुभएको थियो ।

  himalayanvoice.com | २० मंसिर २०८२, शुक्रबार ११:३७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online