ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

मधेश प्रदेशको छैटौँ मुख्यमन्त्रीमा काँग्रेस नेता कृष्ण प्रसाद यादव नियुक्त दाबी पेश गर्नेहरूमा नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी दल रहेका छन् ।

जनकपुरधाम । मधेश प्रदेश प्रमुख प्राध्यापक डा. सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्रीमा नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादवलाई नियुक्त गर्नुभएको छ । प्रदेश प्रमुख डा कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मधेश प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादवलाई नियुक्त गर्नुभएको हो ।

त्यसअघि नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्न सात दलले ७७ जना प्रदेश सभा सदस्यको समर्थनसहित  प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए ।

दाबी पेश गर्नेहरूमा नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी दल रहेका छन् । यस अघि सात दलीय गठबन्धनमा रहेका नागरिक उन्मुक्ति पार्टीकी उर्मिला सिंह बाटोमै भएका कारण दाबी पत्रमा उहाँको हस्ताक्षर हुन बाँकी रहे पनि समर्थन रहेको ६ दलका नेताहरूले बताउनुभएको थियो ।

  himalayanvoice.com | २० मंसिर २०८२, शुक्रबार ११:३७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online