ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

परिवर्तनकारी शक्तिहरू एकजुट हुनुको विकल्प छैन : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन्जी पुस्ताको आन्दोलनको मूल भावना मुलुकमा सुशासन, समृद्धि एवं विकास भएकाले त्यसका लागि परिवर्तनकारी शक्तिहरू एकजुट हुनुको विकल्प नभएको बताउनु भएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका संयोजक प्रचण्डले पार्टीको मधेश प्रदेश स्तरीय एकता सन्देश सभाको आज जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा सम्बोधन गर्दै उहाँले अहिलेसम्ममा १७ वटा साना तथा ठूला कम्युनिष्ट पार्टी सहितका परिवर्तनकारी शक्तिहरू नेपाली कम्युनिष्ट पार्टीमा समावेश भइसकेको बताउनुभयो ।

उहाँले मधेश प्रदेशको भएको नयाँ समीकरणले नयाँ सन्देश दिएको बताउँदै यस गठबन्धनलाई अन्य प्रदेशहरूमा विस्तार गर्नुपर्ने आवश्यकता भएको बताउँदै विगतमा भएको कमीकमजोरी सुधारका लागि आफूहरू तयार रहेको उल्लेख गर्नुभयो ।

संयोजक दाहालले आफू प्रधानमन्त्री भएकै बेलामा सुनकोशी मरिन डाइभर्सनको ब्रेक थु गरेको बताउनुभयो ।

उहाँले मधेशी जनताले नेपालको हरेक परिवर्तनमा ठूलो बलिदानी दिएको बताउँदै मधेश र मधेशी जनताको पक्षमा नेपाली कम्युनिष्ट पार्टी गम्भीर रहेको र मधेशी जनताको चाहना पुरा गर्न तयार रहेको बताउनुभयो ।

पार्टीका सह–संयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले जेन्जी पुस्ताले उठाएको मागको सम्बोधन नव गठिन नेपाली कम्युनिष्ट पार्टीले गर्ने भएकाले यसमा जुट्नका लागि युवा, महिला, ज्येष्ठ नागरिक तथा पिछडिएका वर्ग आह्वान गर्नुभयो ।

उहाँले अहिले यो पार्टीमा नेपाली जनताको आशा तथा भरोसा बढ्न थालेको बताउँदै देशमा परिवर्तन गर्न चाहने सच्चा समाजवादीहरूको पार्टी भएको दाबी गर्नुभयो ।

पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले मुलुकमा व्याप्त भ्रष्टाचारको नियन्त्रण गरेर मुलुकमा नै रोजगारीको अवसर सृजना गर्न जरुरी रहेको बताउनुभयो ।

नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले नेपाली कम्युनिष्ट पार्टीले मुलुकमा सुशासन, समृद्धि र विकास मार्फत मुलुकमा रुपान्तरणको अभियान नेतृत्व गर्नु पर्ने आवश्यकता भएको बताउनुभयो ।

नेपाली कम्युनिष्ट पार्टीका नेता महेन्द्र राय यादवको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका नेता धर्मनाथ साह, मातृका प्रसाद यादव, मुस्कान खातुन सहितका वक्ताहरूले बोल्नुभएको थियो ।

  himalayanvoice.com | २१ मंसिर २०८२, शनिबार १२:५६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online