ट्रेण्डिङ्ग:
|रसुवा, नुवाकोट र धादिङमा जुधाइयो एक सय हल गोरु|मिनियापोलिसमा भइरहेको विरोध प्रदर्शन अन्त्य गर्न विद्रोह ऐन प्रयोग गर्ने ट्रम्पको धम्की|अदालतको फैसलाले प्यालेस्टिनी समर्थक कार्यकर्ता महमूद खलीलको स्वतन्त्रतामा खतरा|विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोगमा|टुँडिखेलमा थारू समुदायको माघी|मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने

परिवर्तनकारी शक्तिहरू एकजुट हुनुको विकल्प छैन : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन्जी पुस्ताको आन्दोलनको मूल भावना मुलुकमा सुशासन, समृद्धि एवं विकास भएकाले त्यसका लागि परिवर्तनकारी शक्तिहरू एकजुट हुनुको विकल्प नभएको बताउनु भएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका संयोजक प्रचण्डले पार्टीको मधेश प्रदेश स्तरीय एकता सन्देश सभाको आज जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा सम्बोधन गर्दै उहाँले अहिलेसम्ममा १७ वटा साना तथा ठूला कम्युनिष्ट पार्टी सहितका परिवर्तनकारी शक्तिहरू नेपाली कम्युनिष्ट पार्टीमा समावेश भइसकेको बताउनुभयो ।

उहाँले मधेश प्रदेशको भएको नयाँ समीकरणले नयाँ सन्देश दिएको बताउँदै यस गठबन्धनलाई अन्य प्रदेशहरूमा विस्तार गर्नुपर्ने आवश्यकता भएको बताउँदै विगतमा भएको कमीकमजोरी सुधारका लागि आफूहरू तयार रहेको उल्लेख गर्नुभयो ।

संयोजक दाहालले आफू प्रधानमन्त्री भएकै बेलामा सुनकोशी मरिन डाइभर्सनको ब्रेक थु गरेको बताउनुभयो ।

उहाँले मधेशी जनताले नेपालको हरेक परिवर्तनमा ठूलो बलिदानी दिएको बताउँदै मधेश र मधेशी जनताको पक्षमा नेपाली कम्युनिष्ट पार्टी गम्भीर रहेको र मधेशी जनताको चाहना पुरा गर्न तयार रहेको बताउनुभयो ।

पार्टीका सह–संयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले जेन्जी पुस्ताले उठाएको मागको सम्बोधन नव गठिन नेपाली कम्युनिष्ट पार्टीले गर्ने भएकाले यसमा जुट्नका लागि युवा, महिला, ज्येष्ठ नागरिक तथा पिछडिएका वर्ग आह्वान गर्नुभयो ।

उहाँले अहिले यो पार्टीमा नेपाली जनताको आशा तथा भरोसा बढ्न थालेको बताउँदै देशमा परिवर्तन गर्न चाहने सच्चा समाजवादीहरूको पार्टी भएको दाबी गर्नुभयो ।

पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले मुलुकमा व्याप्त भ्रष्टाचारको नियन्त्रण गरेर मुलुकमा नै रोजगारीको अवसर सृजना गर्न जरुरी रहेको बताउनुभयो ।

नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले नेपाली कम्युनिष्ट पार्टीले मुलुकमा सुशासन, समृद्धि र विकास मार्फत मुलुकमा रुपान्तरणको अभियान नेतृत्व गर्नु पर्ने आवश्यकता भएको बताउनुभयो ।

नेपाली कम्युनिष्ट पार्टीका नेता महेन्द्र राय यादवको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका नेता धर्मनाथ साह, मातृका प्रसाद यादव, मुस्कान खातुन सहितका वक्ताहरूले बोल्नुभएको थियो ।

  himalayanvoice.com | २१ मंसिर २०८२, शनिबार १२:५६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online