ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा पार्टी अध्यक्ष ओलीलाई ‘अवधारणा–पत्र’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११ औँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा आफ्नो अवधारणा पत्र बुझाउनुभएको छ ।

पार्टीका महासचिव शङ्कर पोखरेलमार्फत उहाँले सो अवधारणा पत्र बुझाउनुभएको हो ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्ष ओलीलाई लेखिएको ‘अवधारणा–पत्र’ पार्टी महासचिव पोखरेललाई बुझाउनुभएको हो । अध्यक्ष ओलीलाई बुझाउने भनेता पनि समय नमिलेपछि महासचिव पोखरेललाई उहाँले ‘अवधारणा–पत्र’ बुझाउनु भएको हो ।

अवधारणा पत्रमा पार्टी महाधिवेशनमा पार्टीको कार्यक्रम, कार्यदिशा, सङ्गठनात्मक सिद्धान्त र नेतृत्वका सम्बन्धमा छलफलको माग गर्नुभएको छ । उहाँले महाधिवेशनमा छलफलका लागि तयार पारिएको ‘अवधारणा–पत्र’ महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरी प्रतिनिधिको बिचमा छलफल गर्ने समेत वातावरण मिलाउन अध्यक्ष ओलीलाई अनुरोध गर्नु भएको छ ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भदौ २३ गते भएको ‘जेन–जी’ आन्दोलन र भदौ २४ गतेको विध्वंसपछि मुलुकमा असाधारण फेरबदल भएकाले पार्टीले लिएका नीति र कार्यनीतिका समस्याबारे पुनः मूल्याङ्कन गर्नुपर्ने बताउनुभएको छ ।

“राष्ट्रिय महाधिवेशनमा पार्टीको कार्यक्रम, कार्यदिशा, सङ्गठनात्मक सिद्धान्त र नेतृत्वका सम्बन्धमा छलफलको आवश्यकता देखिएको छ । हिजोका हाम्रा कतिपय निष्कर्षलाई नयाँ सन्दर्भमा अद्यावधिक गर्न जरुरी भएको छ,” उहाँले अवधारणा पत्रमा उल्लेख गर्नुभएको छ ।

अवधारणा पत्र बुझाउन वरिष्ठ उपाध्यक्ष पोखरेलसँगै उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सचिव योगेश भट्टराईसमेत गएका थिए । वरिष्ठ उपाध्यक्ष पोखरेलले आसन्न महाधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गर्नुभएको छ ।

  himalayanvoice.com | २३ मंसिर २०८२, सोमबार १३:२४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online