ट्रेण्डिङ्ग:
|रसुवा, नुवाकोट र धादिङमा जुधाइयो एक सय हल गोरु|मिनियापोलिसमा भइरहेको विरोध प्रदर्शन अन्त्य गर्न विद्रोह ऐन प्रयोग गर्ने ट्रम्पको धम्की|अदालतको फैसलाले प्यालेस्टिनी समर्थक कार्यकर्ता महमूद खलीलको स्वतन्त्रतामा खतरा|विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोगमा|टुँडिखेलमा थारू समुदायको माघी|मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने

राजनीतिक दलले केही गरेनन् भन्नु भ्रम हो : माधव नेपाल

नेपालगन्ज । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक पार्टीले जनताका मुद्दा उठाएनन् र देश विकास गरेनन् भन्नु भ्रमपूर्ण रहेको बताउनुभएको छ ।

नेकपा बाँकेले बिहीबार नेपालगन्जस्थित त्रिभुवन चोकमा आयोजना गरेको एकता सन्देशसभालाई सम्बोधन गर्दै पार्टीका सहसंयोजक नेपालले आफू र पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको बेलामा धेरै राम्राराम्रा काम भएको दाबी गर्नुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेता नेपालले नेपाली कम्युनिस्ट पार्टीका नेता प्रधानमन्त्री भएको बेला भए गरेका राम्रा र जनपक्षीय कामलाई जनतासम्म लैजाने बेला आएको बताउनुभयो ।

उहाँले जनताको अदालत भन्दा ठुलो अदालत अरु कुनै पनि नहुने जनाउँदै आफूहरु अहिले जनताको अदालतमा आएको प्रष्ट पार्नुभयो ।

नेकपा बाँकेका संयोजक नरेन्द्र पाण्डेको अध्यक्षतामा भएको सो सन्देश सभामा नेकपा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शक्तिबहादुर बस्नेत, कर्णजित बुढा र युवा नेता अब्दुल हुसेन खाँ लगायतले सम्बोधन गर्नुभयो ।

  himalayanvoice.com | २६ मंसिर २०८२, बिहीबार १२:२१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online