ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

राजनीतिक दलले केही गरेनन् भन्नु भ्रम हो : माधव नेपाल

नेपालगन्ज । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक पार्टीले जनताका मुद्दा उठाएनन् र देश विकास गरेनन् भन्नु भ्रमपूर्ण रहेको बताउनुभएको छ ।

नेकपा बाँकेले बिहीबार नेपालगन्जस्थित त्रिभुवन चोकमा आयोजना गरेको एकता सन्देशसभालाई सम्बोधन गर्दै पार्टीका सहसंयोजक नेपालले आफू र पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको बेलामा धेरै राम्राराम्रा काम भएको दाबी गर्नुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेता नेपालले नेपाली कम्युनिस्ट पार्टीका नेता प्रधानमन्त्री भएको बेला भए गरेका राम्रा र जनपक्षीय कामलाई जनतासम्म लैजाने बेला आएको बताउनुभयो ।

उहाँले जनताको अदालत भन्दा ठुलो अदालत अरु कुनै पनि नहुने जनाउँदै आफूहरु अहिले जनताको अदालतमा आएको प्रष्ट पार्नुभयो ।

नेकपा बाँकेका संयोजक नरेन्द्र पाण्डेको अध्यक्षतामा भएको सो सन्देश सभामा नेकपा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शक्तिबहादुर बस्नेत, कर्णजित बुढा र युवा नेता अब्दुल हुसेन खाँ लगायतले सम्बोधन गर्नुभयो ।

  himalayanvoice.com | २६ मंसिर २०८२, बिहीबार १२:२१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online