ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

डाएस्पोराका नेता आनन्द विष्ट डोटीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस पहिलो नम्बरमा नाम सिफारिस भएका डोटीको जोरायल गाउँपालिका ५ गडसेरामा जन्मिएका विष्ट जनसम्पर्क समिति अमेरिकाका सभापति हुन् । बिष्टले नेपाली काँग्रेस डोटीले प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्ष तर्फ आफ्नो नाम सिफारिस गरेकोमा धन्यवाद दिए ।

न्युयोर्क । ‎नेपाली डाएस्पोराको मुद्धालाई मातृभूमि नेपालसंग जोड्दै आएका अभियन्ता आनन्द विष्टलाई नेपाली कांग्रेस डोटीले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारको रुपमा अघि सारेको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस डोटीले १७ जनाको नाम सिफारिस गर्ने क्रममा गैर आवासिय नेपाली अभियन्ता आनन्द विष्टको नाम पहिलो नम्बरमा राखेको हो । नेपाली कांग्रेस जिल्ला कार्य समिति डोटीको मंसिर २४ र २५ गते बसेको बैठकले १७ जनाको नाम सिफारिस गरेको हो।

पहिलो नम्बरमा नाम सिफारिस भएका डोटीको जोरायल गाउँपालिका ५ गडसेरामा जन्मिएका विष्ट जनसम्पर्क समिति अमेरिकाका सभापति हुन् । बिष्टले नेपाली काँग्रेस डोटीले प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्ष तर्फ आफ्नो नाम सिफारिस गरेकोमा धन्यवाद दिए ।

सिफारिस हुनेहरूमा गोरख बहादुर बिष्ट (आनन्द), जितेन्द्र बिक्रम शाही, टेकराज ओझा, नरेन्द्र बहादुर सिंह, पदमराज जोशी, पुष्प कुमार शाही, प्रदिप कुमार देउवा, वीरबहादुर बलायर, भक्त बहादुर बलायर, भक्त बहादुर मल्ल, भक्तराज जोशी, भरत बहादुर खड्का, राम बहादुर रोकाया, ललित बहादुर बलायर, लक्ष्मीराज पाठक, हर्क बहादुर देउवा र श्यामराज ओझा रहेका छन् ।

त्यसैगरी समानुपातिक तर्फ ७ जनाको नाम सिफारिस भएको छ । जसमा दुर्गा शर्मा, पार्वती चन्द, प्रतिमा शाह (शाही), प्रसिस महरा, रहेका छन् भने अल्पसंख्यक कोटाबाट हिक्मत सिंह चोपडा, पिछडिएको क्षेत्रबाट माया देवी कुँवर र दलित आरक्षणबाट लाल बहादुर विकको नाम सिफारिस गरिएको छ ।

उता ‎राष्ट्रियसभा सदस्यका लागि दिपक कुमार बिष्ट र यज्ञराज पाठक गरी दुईजनाको नाम सिफारिस गरिएको छ।

  himalayanvoice.com | २८ मंसिर २०८२, शनिबार १२:३०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online