ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

शर्मिला तिमल्सिनाको गजलसङ्ग्रह ‘रहर जिन्दगीको’ लोकार्पण

काठमाडौँ । बद्रीनाथ अभिनव छन्दोबद्ध कविता साधक पुरस्कार यस वर्ष गङ्गाप्रसाद अधिकारी खोलाघरे साहिँलोलाई प्रदान गरिएको छ ।
अभिनव साहित्य समाजको आयोजनामा शनिबार एक कार्यक्रमबिच उक्त पुरस्कार प्रदान गरिएको हो ।

सो अवसरमा शर्मिला तिमल्सिनाद्वारा रचित ‘रहर जिन्दगीको’ गजलसङ्ग्रह पनि लोकार्पण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, साहित्यकार शीतल गिरी, गीतकार डा. पुरुषोतम श्रेष्ठ, अभिनव साहित्य समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे (वेदमणि) लगायतले गजलसङ्ग्रह लोकार्पण गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले साहित्यले समाज परिवर्तनमा सघाउ पुर्‍याउने र साहित्यकारहरू नै समाजको मार्गनिर्देशक भएको बताउनुभयो ।

गजलसङ्ग्रहका लेखक तिमल्सिनाले मातापिता, गुरु, अग्रज र अनुजको प्रेरणाले गजलसङ्ग्रहमा विभिन्न पाठशालामा अभ्यास गरिएका विषय वस्तुमा समेटिएका ८५ वटा गजल समावेश भएको बताउनुभयो । कार्यक्रममा शान्ति रिसाल, पुनम मिश्र, उत्तम भेटवाल ध्रुव गजुरेल, वासु पौडेल, मेनुका आचार्यलगायतले आ-आफ्नो रचना वाचन गर्नुभएको थियो ।

  himalayanvoice.com | २९ मंसिर २०८२, आईतवार १३:४१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online