ट्रेण्डिङ्ग:
|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए|श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध|प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई |संघीय संसद्का १२ वटा समितिका सभापतिहरू निर्वाचित|कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु|यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

शर्मिला तिमल्सिनाको गजलसङ्ग्रह ‘रहर जिन्दगीको’ लोकार्पण

काठमाडौँ । बद्रीनाथ अभिनव छन्दोबद्ध कविता साधक पुरस्कार यस वर्ष गङ्गाप्रसाद अधिकारी खोलाघरे साहिँलोलाई प्रदान गरिएको छ ।
अभिनव साहित्य समाजको आयोजनामा शनिबार एक कार्यक्रमबिच उक्त पुरस्कार प्रदान गरिएको हो ।

सो अवसरमा शर्मिला तिमल्सिनाद्वारा रचित ‘रहर जिन्दगीको’ गजलसङ्ग्रह पनि लोकार्पण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, साहित्यकार शीतल गिरी, गीतकार डा. पुरुषोतम श्रेष्ठ, अभिनव साहित्य समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे (वेदमणि) लगायतले गजलसङ्ग्रह लोकार्पण गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले साहित्यले समाज परिवर्तनमा सघाउ पुर्‍याउने र साहित्यकारहरू नै समाजको मार्गनिर्देशक भएको बताउनुभयो ।

गजलसङ्ग्रहका लेखक तिमल्सिनाले मातापिता, गुरु, अग्रज र अनुजको प्रेरणाले गजलसङ्ग्रहमा विभिन्न पाठशालामा अभ्यास गरिएका विषय वस्तुमा समेटिएका ८५ वटा गजल समावेश भएको बताउनुभयो । कार्यक्रममा शान्ति रिसाल, पुनम मिश्र, उत्तम भेटवाल ध्रुव गजुरेल, वासु पौडेल, मेनुका आचार्यलगायतले आ-आफ्नो रचना वाचन गर्नुभएको थियो ।

  himalayanvoice.com | २९ मंसिर २०८२, आईतवार १३:४१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online