काठमाडौँ। नेकपा एमाले को ११ औँ महाधिवेशनको परिणाम आउने क्रम सुरु भएको छ । मतदान गरिएको ८० वटा मेशिनबाट चिप्स जम्मा गरी गणना सुरु भएपछि परिणाम आउन सुरु गरेको हो ।
पछिल्लो परिणामअनुसार ११ सय ३९ मत गणना हुँदा अध्यक्षमा केपी शर्मा ओलीले ८४३ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रत्याशी ईश्वर पोखरेललाई २९६ मत प्राप्त भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
यसैगरी उपाध्यक्षका उम्मेदवारहरू विष्णुप्रसाद पौडेल ८४६, पृथ्वीसुब्बा गुरुङ ९००, गोकर्ण विष्टले ७१३, रामबहादुर थापा बादलले ७७४, रघुजी पन्त ६१७, गुरुप्रसाद बराल ५८५, टङ्कप्रसाद कार्की १८७, पर्शुराम मेघी गुरुङ २३४, भीमप्रसाद आचार्य १४३, विन्दा पाण्डेले ४७४ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै महासचिवमा शङ्कर पोखरेल ६१३ र सुरेन्द्र पाण्डेले ५२६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, उपमहासचिवहरूमा लेखराज भट्ट ७३४, योगेश भट्टराई ७०९, रघुवीर महासेठ ६६९, विष्णुप्रसाद रिमाल ५४०, आनन्दप्रसाद पोखरेल ३३४, बैजनाथ चौधरीले २७१ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी सचिवका उम्मेदवारहरूअग्नि प्रसाद खरेलले ३७७, इन्द्रलाल साप्कोटा २०९, कर्णबहादुर थापा ४४४, कृष्ण गोपाल श्रेष्ठ ३२५, खगराज अधिकारी ६८०, गोकुल प्रसाद बास्कोटा ५२८, छविलाल विश्वकर्मा ७६९, ठाकुर प्रसाद गैरे ४६२, पद्मा कुमारी अर्याल ७७८, पुर्सोतम पौडेल २३०, पेम्वा लामा २५५, भानुभक्त ढकाल ५५२, महेश बस्नेत ७८३, यमलाल कडेल ६२६, रचना खड्का ४५९, राजन भट्टराई ५८१, लाल बाबु पण्डित ३९९, विनोद प्रसाद ढकाल ३५५, शेरधन राई ७८७, हिक्मत कुमार कार्कीले ६७२ मत प्राप्त गर्नुभएको छ ।
एमालेको महाधिवेशनमा ६४२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । महाधिवेशनमा २ हजार २२७ जनाले मतदान गर्नुभएको थियो । २ हजार दुईसय ६३ मतदाता रहे पनि ३६ जना मतदाता अनुपस्थित रहनुभएको निर्वाचन आयोगका पदाधिकारीहरूको भनाइ छ ।
प्रतिक्रिया