ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

दक्षिण क्यालिफोर्नियामा सुबिधा सम्पन्न सामुदायिक भवन निर्माण हुदैछ: अध्यक्ष श्रेष्ठ श्री पशुपतिनाथ बुद्ध मन्दिरले हाल अर्चना पुजा, ब्रतबन्ध, जन्म दिवस, कार पुजा, दुर्गा सप्तशी पाठ,गणेश अथर्व श्रीषा पाठ, गीता पाठ,हनुमान चालिशा पाठ, मनकामना पुजा, लगन गाठो समारोह, न्वारान पुजा, नवग्रह पुजा, रुद्राभिशेक,पास्नी पुजा, सत्यनारायण पुजा, श्री शुकता हवन आदि पुजा आज्ञा न्युन शुल्कमा आयोजना गर्दै आइरहेको सचिव तुलसी ज्ञवालीले जानकारी दिनु भएको छ ।

लस-एन्जलस । श्री पशुपतिनाथ बुद्ध फाउन्डेसनका अध्यक्ष बिमल श्रेष्ठले समुदायको आवश्यकता अनुसारको सामुदायिक भवन निर्माणको लागि जग्गा खोज्ने कार्य भैरहेको जानकारी दिएका छन् ।

दक्षिण क्यालिफोर्नियाको नेपाली समुदाय विस्तारसंगै सुबिधा सम्पन्न सामुदायिक भवन निर्माणको लागि फाउन्डेसनका संस्थापक अध्यक्ष भक्त थापाको नेतृत्वमा जग्गा खोज्ने कार्य भैरहेको जानकारी दिएका हुन् ।

आइतबार श्री पशुपतिनाथ बुद्ध फाउन्डेसनको बार्षिक साधारणसभाको अवसरमा अध्यक्ष श्रेष्ठले मन्दिरको गतिविधि र प्रतिवेदन प्रस्तुत गर्दै सुबिधा सम्पन्न सामुदायिक भवन निर्माणको लागि थप आर्थिक सहयोगको लागि समुदायका सहयोगी मनहरुलाई आव्ह्वान समेत गरेका छन् ।

अध्यक्ष श्रेष्ठले साधारण सभामा दिएको जानकारी अनुसार सामुदायिक भवन निर्माणको लागि झन्डै १.५ मिलियन अमेरिकन डलर धनराशी आर्थिक सहयोग संकलन भैसकेको र समुदायका सहयोगी मनहरुले थप सहयोग गर्ने क्रम जारी राखेको बताए ।

बार्षिक साधारणसभामा दिएको जानकारी अनुसार श्री पशुपतिनाथ बुद्ध फाउन्डेसनको सदस्य संख्या १५०३ रहेका छन् ।

श्री पशुपतिनाथ बुद्ध मन्दिरले हाल अर्चना पुजा, ब्रतबन्ध, जन्म दिवस, कार पुजा, दुर्गा सप्तशी पाठ,गणेश अथर्व श्रीषा पाठ, गीता पाठ,हनुमान चालिशा पाठ, मनकामना पुजा, लगन गाठो समारोह, न्वारान पुजा, नवग्रह पुजा, रुद्राभिशेक,पास्नी पुजा, सत्यनारायण पुजा, श्री शुकता हवन आदि पुजा आजा न्युन शुल्कमा आयोजना गरिदै आएको सचिव तुलसी ज्ञवालीले जानकारी दिनु भएको छ ।

सचिव ज्ञवालीका अनुसार श्री पशुपतिनाथ बुद्ध फाउन्डेसन अमेरिकाले सनातनी हिन्दू, बौद्ध धर्ममा आस्था राख्ने मानिसहरूलाई सांस्कृतिक, आध्यात्मिक र धार्मिक रूपमा भेला हुन, आफ्नो आस्था अनुसार प्रार्थना गर्न, नेपाली सांस्कृतिक सम्पदाको प्रवर्द्धन र संरक्षण गर्न, सामाजिक र धार्मिक सद्भावलाई सुदृढ पार्न र नेपाली सांस्कृतिक मूल्य मान्यताहरूको अभ्यास र प्रवर्द्धन गर्न विभिन्न पर्व अनुसार शन २०११ देखी धार्मिक र सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्दै आएको छ।

श्री पशुपतिनाथ बुद्ध फाउन्डेसनको आइतबार सम्पन्न बार्षिक साधारण सभामा दानबिर वेद भक्त जोशी, क्यालिफोर्नियका लागि नेपाली अवैतनिक वाणिज्यदुत ऋषि पुनाखर ढकाल, संस्थापक अध्यक्ष भक्त थापा लगायत नेपाली समुदायका अगुवाहरुको उपस्थिति रहेको थियो ।

  himalayanvoice.com | ७ पुष २०८२, सोमबार १४:३१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online