ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

कांग्रेस क्रियाशील सदस्यता : महामन्त्री थापाको चार बुँदे निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले क्रियाशील सदस्यता वितरण सम्बन्धमा आवश्यक समन्वय र सहजीकरण सम्बन्धमा चार बुँदे निर्देशन दिनुभएको छ। 

महामन्त्री थापाले सबै जिल्ला कार्यसमितिका सभापतिलाई सम्बोधन गर्नुहुँदै पुनः क्रम सङ्ख्या नम्बरसहितका नयाँ क्रियाशील सदस्यता फारम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई पठाइएको जानकारी दिनु भएको छ।

उहाँले यसअघि फारम पठाउँदा कतिपय क्षेत्रमा क्रम सङ्ख्या नभएको फारमसमेत वितरण भएको जानकारी प्राप्त भएको उल्लेख गर्नुभएको छ।

उहाँले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको कार्यतालिका अनुसार नवीकरण र नयाँ क्रियाशील सदस्यता फारम वितरण प्रक्रिया र मापदण्डलगायतका विषयमा जिल्ला कार्यसमिति र प्रतिनिधिसभा क्षेत्रीय कार्य समितिलाई परिपत्रमार्फत विस्तृत जानकारी गराइएको बताउनु भएको छ।

महामन्त्री थापाले नयाँ क्रियाशील सदस्यता फारम वितरण गर्दा जिल्ला कार्य समितिको तर्फबाट प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, गाउँ नगरपालिका कार्य समिति र वडा कार्य समितिसँग समन्वय, सहजीकरण, सहयोग र अनुगमन गराउन निर्देशन दिनु भएको हो।

  himalayanvoice.com | ८ पुष २०८२, मंगलवार १३:१७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online